Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन १० २०८१
  • 988
    SHARES

आजको पञ्चाङ्ग
वि.सं. साउन १०, २०८१ । ई.सं. 25 Jul, 2024 । शक संवत् १९४६ । नेपाल संवत् ११४४ दिल्लाथ्व । कालयुक्त दक्षिणायन वर्षा । बिहीबार आषाढ शुक्लपक्ष । तिथि द्वादशी १८:१७ बजेसम्म, त्यसपछी त्रयोदशी । नक्षत्र ज्येष्ठा ०२:१५ बजेसम्म, त्यसपछी मूल । योग शुक्ल ०५:३० बजेसम्म, त्यसपछी ब्रह्म ०४:३२बजेसम्म, त्यसपछी ऐन्द्र । करण वव ०६:१३ बजेसम्म, त्यसपछी वालव १८:१७बजेसम्म, त्यसपछी कौलव । चन्द्रराशि वृश्चिक । आनन्दादि योग काल । दिनमान १३:३८ । सूर्योदय ५:२० । सूर्यास्त १८:५८ । प्रदोष व्रत, तुलसीपिए । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा ।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रशस्त लाभ उठाउने समय छ। रोकिएका धेरै काम बन्नेछन् र धनआर्जन पनि राम्रै हुनेछ। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा फाइदा हुने योग छ । अपराह्न ३ः०० बजेपछि भने अर्थ संग्रहमा बाधा पुग्नेछ। यात्रा गर्ने अवसर जुट्नेछ। खर्च लागे पनि पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
समाजमा तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोग जुट्नाले पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। साँझतिर आम्दानीका नयाँ स्रोतसमेत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काममा लगानी गर्ने अवसर जुट्न सक्छ। ऋणमोचन हुने सम्भावना छ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
धर्मकर्म र परोपकारका काममा जुट्ने समय छ। सार्वजनिक जिम्मेवारी वहन गर्नुपर्ला। पेसा–व्यवसायम परिश्रम धेरै गर्नुपर्ने समय छ। सामाजिक प्रतिष्ठा पाइनेछ। पढाइमा पनि राम्रै प्रगति हुनेछ। रोकिएका काम बन्ने तथा नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। साँझतिर व्यापार बढ्नाले विशेष लाभ हुनेछ। मेहनतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
स्वास्थ्य कमजोर रहनाले चिताएको काम गर्न नसकिएला। जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। कमजोर मानसिकताले पछि परिनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। साँझतिर स्थितिमा सुधार आउनेछ। रोकिएको काम बन्नेछ भने नयाँ जिम्मेवारी समेत प्राप्त हुनेछ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
घुमफिर तथा मनोरञ्जनको समय छ। अतिथिका रूपमा सत्कार पाइनेछ। व्यापार बढ्नाले राम्रै आम्दानी हुनेछ। दिगो याेजना बन्नेछ। तर आफन्तसँग सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला। सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ। अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ला। साँझतिर स्वास्थ्यमा कमजोरी र काममा चुनौतीको समय रहनेछ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। साँझतिर रमाइलो जमघटमा सहभागी भइनेछ। प्रियजनसँग भेटघाट हुनेछ भने अतिथिका रूपमा मान–सम्मान प्राप्त होला। पेसा–व्यवसायमा पनि मनग्य फाइदा हुनेछ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। साँझतिर नयाँ कामतर्फ अग्रसर भइनेछ। शत्रु परास्त हुनेछन्। पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आँटले काम लिन नसक्दा पछि परिनेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। पहिलेका समस्या दोहोरिन सक्छन्। हतारको निर्णयभन्दा मान्यजनको सुझाव लाभदायी बन्नेछ। साँझतिर केही काम अड्किन सक्छन्। अध्ययनमा धेरै समय जुट्न नसकिएला। तापनि गरी आएको कामबाट फाइदा उठाउन सकिनेछ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
केही समय लागे पनि राम्रै उपलब्धि हातलागी हुनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ। प्रतिद्वन्द्वीलाई पछि पार्न सकिनेछ। चिताएको काम पनि सजिलै पूरा हुनेछ। फाइदा कम देखिए पनि प्रयास दोहोर्याउँदा अवश्यै काम बन्नेछ।साँझदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ। पुरानो गतिले काम बिग्रन सक्छ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
विचारले धेरैलाई आकर्षण गर्ने समय छ। बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ। तारिफयोग्य कामले प्रशंसकहरू बढ्नेछन्। मिहिनेतले राम्रो उपलब्धि दिलाउनेछ। सानो प्रयत्नले फाइदा बढ्नेछ। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। सानो प्रयत्नले ठूलो फाइदा हुनेछ। दीर्घकालसम्म फाइदा हुने काम थालनी गर्न सकिनेछ। साँझतिर केही विवादास्पद काममा जुट्नुपर्ला। अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि धन र बुद्धि खर्चनुपर्ने देखिन्छ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ला। अरूको विश्वास गर्दा धोका हुन सक्छ। तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। बसाइको स्थानान्तरण वा यात्रा सम्भावना छ। साँझतिर परिस्थिति अनुकूल बन्नाले राेकिएकाे काम थालनी ह्रुनेछ। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४