Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन ८ २०८१
  • 2.4K
    SHARES

आजको पञ्चाङ्ग
वि.सं. साउन ०८, २०८१ । ई.सं. 23 Jul, 2024 । शक संवत् १९४६ । नेपाल संवत् ११४४ दिल्लागा । कालयुक्त दक्षिणायन वर्षा । मंगलबार श्रावण कृष्णपक्ष । तिथि द्वितिय १२:३८ बजेसम्म, त्यसपछी तृतीया । नक्षत्र धनिष्ठा २३:३७ बजेसम्म, त्यसपछी शतभिषा । योग आयुष्मान् १८:२१ बजेसम्म, त्यसपछी सौभाग्य । करण गर १२:३८ बजेसम्म, त्यसपछी वणिज २३:३५बजेसम्म, त्यसपछी भद्रा । चन्द्रराशि मकर । आनन्दादि योग उत्पात । दिनमान १३:३३ । सूर्योदय ५:२३ । सूर्यास्त १८:५६ । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा ।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। काम सम्पादन नभए पनि दिगो योजना बन्नेछ। दिउँसाेदेखि पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ। मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। आँटले कीर्तिमानी दिलाउनेछ। परोपकारी काममा प्रवृत्त भइनेछ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
केही विवादास्पद काम गर्नुपरे पनि धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ। पराेपकारी कामले दाम, इनाम र प्रतिष्ठा दिलाउनेछ। दिउँसोदेखि स्थिति सबल बन्नेछ। व्यवसायमा मनग्य फाइदा हुनेछ। कामका बाधा हट्नेछन्। विशेष याेजना सार्वजनिक नगर्नुहाेला। दिगाे फाइदा हुने जिम्मेवारी प्राप्त हुने देखिन्छ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
परिस्थितिवश अरूका लागि समय खर्चनुपर्ला। व्यवहार अलि बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। काममा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। दिउँसोदेखि काम देखाएर प्रभाव जमाउन सकिनेछ। अवसरवादीहरू पछि हट्नेछन् भने सहयाेगीहरू फेला पर्नेछन्। समुदायको हितमा राम्रै काम गर्न पनि सकिनेछ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रियजनकाे साथले दिन रमाइलाे रहनेछ। विशेष काम गर्न बिहानकाे समय बढी लाभदायक रहनेछ। साथीभाइ जुट्नाले परिस्थति पनि अनुकूल हुनेछ। स्वादिष्ट खानपानकाे आनन्द प्राप्त हुनेछ। दिउँसाेदेखि लोकाचारका लागि फजुल खर्च बढ्न सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। समय लागे पनि मिहिनेतको फल प्राप्त हुनेछ। व्यवसायमा आम्दानी बढ्नेछ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ। तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्, सजग रहनुहाेला। बुद्धिको उपयोगले काम बनाउन सकिनेछ। मध्याह्नपछि व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। आयआर्जनका नयाँ स्रोत समेत फेला पर्नेछन्। मित्रता र प्रेमको बन्धन कसिनेछ भने आकर्षक उपहारले उत्साह जगाउनेछ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। मध्याह्नदेखि बुद्धिको उपयोगले फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। प्रतीक्षा गरिएको नतिजा पनि सबल रहनेछ। मिहिनेत गर्दा लक्ष्य प्राप्त हुनेछ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
सहयोगीहरूले राम्रो साथ दिनाले बिहानकाे समय लाभदायक रहनेछ। उद्योग र व्यापारमा फाइदा उठाउन सकिनेछ। अन्य काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। मध्याह्नदेखि भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने अवस्था आउला। सहयोगीहरू पछि हट्न सक्छन्। रोकिएका काममा दाेहाेर्याएर प्रयत्न गर्नुपर्ला। अरूको बारेमा चासो राख्दा समस्यामा परिनेछ। दिउँसाेदेखि स्थितिमा सुधार आउला। बुद्धिको उपयोगले फाइदा उठाउन सकिनेछ। अध्ययन र व्यापारमा प्रगति हुनेछ। व्यक्तित्वमा निखारता आउनेछ। नाम, दाम र इनाम हातलागी हुनेछ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। हतारमा निर्णय लिँदा काम दोहोर्याउनुपर्ने हुन सक्छ। तापनि दिगो काम सुरु गर्ने समय छ। दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। काममा शुभचिन्तकहरूले साथ दिनेछन्। आम्दानीका स्रोत बढ्नेछन्।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
खर्चिलाे कामले अर्थ अभाव निम्त्याउन सक्छ। तापनि पछिका लागि काम गर्ने समय छ। समस्याले सक्रिय बन्न प्रेरित गर्नेछ। शुभचिन्तकहरू जुट्नाले आस मारेको फल पुनः प्राप्त हुन सक्छ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। दिउँसोतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। तर नियमित काममा अरूको भरपर्दा समस्या आउला। आगन्तुकले अलमल्याउन सक्छन्।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। दिउँसोदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले खर्च बढाउनेछ। प्रयत्न गर्दा यात्राकाे प्रक्रिया अघि बढ्नेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४