Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोटेश्वरको गेस्ट हाउसमा वेश्यावृत्ति गराएको आरोपमा थापा र खड्का पक्राउ !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन ४ २०८१
  • 3.2K
    SHARES

काठमाडाँ । काठमाडौँ महानगरपालिका–३२ स्थित कोटेश्वरको गेस्ट हाउसमा वेश्यावृत्ति गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  भने ६ जना बालिकाहरुलाई उद्धार गरेको छ ।

बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका कर्मचारीले गेष्टहाउसबाट उनीहरूलाई गए राति उद्धार गरेको जानकारी दिएका हुन् ।

पक्राउ पर्नेमा रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका १ दुरागाउँ घर भएका ३२ वर्षीय नवीन थापा र काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका वडा न.  १ घर भएका १९ वर्षीय उज्ज्वल खड्का रहेका छन् ।

नवीन थापा गेस्ट हाउस सञ्चालक हुन् । आर्थिक प्रलोभनमा पारेर गेस्ट हाउस सञ्चालकले वेश्यावृत्तिमा लगाउने गरेको मानव बेचबिखन ब्युरोका एसपी गौतम मिश्रले जन प्रहार डटकमलाई जानकारी दिएका हुन्  । गेस्ट हाउसबाट ब्युरोले ६ जना बालिकाहरुलाई उद्धार गरेको छ । आरोपीहरु विरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको ब्युरोका एसपी गौतम मिश्रले जानकारी दिएका छन ।

उनिहरुलाई ब्युरोले गैरकानुनी गतिविधिमा संलग्न भएको अभियोगमा थापा र खड्कालाई नियन्त्रणमा लिइएको उनले बताएका हुन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४