मृत्यु भएको ३ दिन पछि भयो कोरोना पुष्टि
जन न्युज नेपाल खबर
धनुषामा/ तीन दिन देखिको मृतक शरीरमा भयो कोरोन पुस्टि !
धनुषामा तीन दिनअघि मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । ४३ वर्षीय पुरुषको मृत्यु जनकपुरधामस्थित काब्य हस्पिटलमा उपचार गराइरहेका जनकपुरधाम उप महानगरपालिका १६ निवासी पुरुषको गत शुक्रबार भएको थियो । आइतबार राति मृतक पुरुष कोरोना संक्रमित भएको पुष्टि भएको हो । प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।