Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पश्चिम नेपालमा मनसुन निष्कृय, पूर्वी नेपालमा सक्रिय


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार २६ २०८१
  • 1.2K
    SHARES

काठमाडौं । पश्चिम नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर सरेकाले हिजो दिउँसोदेखि नै मनसुनको गतिविधिमा उल्लेख्य कमी आएको छ । त्यहाँ विगत १२ घण्टादेखि वर्षा पनि कम भएको छ ।

कञ्चनपुरको दोधारा, हनुमाननगर लगायत स्थानमा दुई दिनसम्मको वर्षाले सबै ‘रेकर्ड’ तोडेको थियो । वर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण जनजीवन अस्तव्यस्त भएको छ । त्यहाँ सुरक्षाकर्मी र स्थानीय प्रशासन मिलेर बाढी पीडितलाई राहत वितरण र व्यवस्थापनको काममा सक्रिय छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सन्जिव अधिकारीका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपालतिर रहँदा भएको अति भारी वर्षाले सुदूरपश्चिमका जिल्लाहरुमा प्रभावित भएको बताउँछन् ।

‘अहिले भने पश्चिम नेपालबाट मनसुन न्यूनचापीय रेखा थोरै दक्षिणतिर सरेकाले वर्षा रोकिएको छ,’ मौसमविद् अधिकारीले भने, ‘विगत १२ घण्टादेखि पश्चिम नेपालमा वर्षा नै नभएको अवस्था छ ।’

उनका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक-दुई दिनलाई भारी वर्षा हुने देखिंदैन । ‘मनसुनको बेला छ, पानी त पर्छ तर कर्णाली र सुदूरपश्चिममा एक-दुई दिनलाई भारी वर्षा हुने देखिँदैन,’ उनले भने, ‘हल्कादेखि मध्यमसम्म मात्र सीमित हुने देखिन्छ ।’

मौसमविद् अधिकारीका अनुसार सोमबार रातितिर कर्णालीका एक-दुई स्थानमा छिटफुट वर्षा भएको देखिएको छ । लुम्बिनीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको थियो ।

पूर्वी नेपालका भूभागमा भने मनसुनको न्यूनचापीय रेखा सरदर र सरदर स्थानभन्दा थोरै माथि रहेकाले केही स्थानहरुमा मध्यमदेखि भारी वर्षा भएको छ ।

पश्चिम नेपालमा आगामी दुई दिन मनसुन निष्कृय रहे पनि मध्य र पूर्वी नेपालमा सक्रिय रहने पूर्वानुमान छ । ‘आगामी बुधबार र बिहीबार मध्य र पूर्वी नेपालका भूभागमा मनसुन थोरै सक्रिय रहने देखिन्छ,’ मौसमविद् अधिकारीले भने ।

कोशी प्रदेशको सुनसरी जिल्लाका थोरै स्थानहरुमा गएराति धेरै भारी वर्षा भएको छ । आज बिहान भने बागमती, गण्डकी र कोशीका अरु धेरै ठाउँहरुमा हल्कादेखि मध्यम वर्षा भएको छ । मधेशका थोरै स्थानमा पनि भारी वर्षा भएको छ । आज बिहान धनुषा, सर्लाही जिल्लाको आसपासमा मध्यमदेखि भारी वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेश र गण्डकी प्रदेशसम्म भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना छ । तर भारी वर्षाको सम्भावना भने छैन । आज बिहान पनि काठमाडौंका थोरै भूभागहरुमा वर्षा भएको छ । आज दिउँसोका लागि पनि र भोलि बुधबार पनि काठमाडौंमा वर्षाको पूर्वानुमान छ । ‘काठमाडौं उपत्यकामा ठूलो पानी पर्ने, झरी पर्ने सम्भावना छैन, तर हल्कादेखि मध्यम किसिमको पानी पर्ने सम्भावना छ,’ मौसमविद अधिकारीले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४