Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संघिय सांसद एकनाथ ढकालद्वारा मलेसियन सभामुख जोहरी बिन अब्दुल संग शिष्टाचार भेट


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार २३ २०८१
  • 2K
    SHARES

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले मित्र राष्ट्र मलेसियन प्रतिनिधि सभाका सभामुख जोहरी बिन अब्दुल संग शिष्टाचार भेट गरेका छन्। मलेसियन संसद भवनमा भएको भेटमा सांसद ढकालले संसदीय कुटनीति मार्फत नेपाल र मलेसिया बिचको मैत्रीपुर्ण सम्बन्ध थप उचाइमा पुर्याउनु पर्ने धारणा राख्नु भयो।

सांसद ढकालले नेपालको प्रतिनिधि सभाका सभामुख देबराज घिमिरिको तर्फवाट मलेसियन सभामुखलाई शुभकामना दिदै उपयुक्त समयमा नेपालको मैत्रीपूर्ण भ्रमणको लागि समेत आग्रह गर्नु भयो भने मलेसियन सभामुख जोहरीले मलेसियाले नेपालसंगको मैत्रीपुर्ण सम्बन्धलाई उच्च महत्वमा राखेको बताउदै अनुकुल समयमा नेपालको भ्रमण गर्छु भन्नु भयो।

सांसद ढकालले मलेसियामा ठुलो संख्यामा रहेका नेपाली हरुको हितको आबस्यक पहल र सदभाबको लागि सभामुख जोहरी संग आग्रह पनि गर्नु भयो। भेटमा आपसी सम्बन्ध तथा क्षेत्रीय स्तरमा शान्ति र सहकार्यको लागि अन्तर- संसदीय पहलकदमी अघि बढाउने र नेपाल – मलेसियाका जनप्रतिनिधि बीच निरन्तर संवाद विस्तार गर्ने बिषयमा पनि छलफल भयो। पूर्व मन्त्रि समेत रहेका ढकाल मलेसियाको ३ दिने मैत्रीपुर्ण भ्रमणमा छन्। ढकाल प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४