Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रचण्डले बोलाए पदाधिकारीको आकस्मिक बैठक, राजीनामा कि विश्वासको मतको सामना ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार १९ २०८१
  • 1.9K
    SHARES

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । कांग्रेस र एमालेबीच सत्ता समीकरणका लागि सहमति भएसँगै प्रधानमन्त्री प्रचण्डले पार्टीको पदाधिकारी बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले केहीबेरमा बस्ने पदाधिकारी बैठकमा कांग्रेस र नेकपा एमालेबीच सरकार बनाउने सहमति भएको विषयमा छलफल हुनेछ । एमालेले समर्थन फिर्ता लिए राजीनामा दिने कि के गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री प्रचण्डसँग ‘राजीनामा दिने कि विश्वासको मत लिने’ दुई विकल्व छन् ।

दुई ठूला दल मिलेपछि वैकल्पिक सरकार गठनको सम्भावना नरहेकाले राजीनामा दिएर राजनीतिक कदम चाल्न उपयुक्त हुने माओवादी केन्द्रको बझाइ छ । राजीनामा दिएमा नयाँ सरकार गठनको बाटो खुल्नेछ । नत्र एमालेका मन्त्रीहरुले राजीनामा दिएर सरकारमाथिको समर्थन फिर्ता लिनुपर्नेछ ।

त्यसो गर्दा प्रचण्डले एक महिनाभित्र विश्वासको मत लिन पाउने सुविधा संविधानले दिएको छ । तर कांग्रेस र एमाले मिलेको अवस्थामा विश्वासको मत लिने प्रक्रियामा जानु उपयुक्त नहुने भएकाले प्रचण्डले त्यो बाटो नलिने अनुमान नेताहरुको छ ।

एमालेले भने सुरुमा मन्त्रीहरूलाई राजीनामा गराउने र त्यसपछि प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिए समर्थन फिर्ता लिने रणनीति लिएको छ । त्यसका लागि एमालेले दिउँसो ३ बजेका लागि सचिवालयको बैठक बोलाएको छ ।

तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने प्रचण्ड नेतृत्वको सरकार तत्काल नछाड्ने रणनीति बनाएको छ । सत्ताको प्रमुख घटक नेकपा एमाले प्रचण्ड सरकारबाट बाहिरिए पनि रास्वपाका मन्त्रीले राजीनामा नदिने भएका हुन् । रास्वपा स्रोतका अनुसार रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई अन्तिमसम्म साथ दिने छ 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४