Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार १२ २०८१
  • 1.8K
    SHARES

आजको पञ्चाङ्ग
वि.सं. असार ११, २०८१ । ई.सं. 25 Jun, 2024 । शक संवत् १९४६ । नेपाल संवत् ११४४ तछलागा । कालयुक्त उत्तरायण ग्रीष्म । मंगलबार आषाढ कृष्णपक्ष । तिथि चतुर्थी ०१:०३ बजेसम्म, त्यसपछी पञ्चमी । नक्षत्र श्रवण १६:४९ बजेसम्म, त्यसपछी धनिष्ठा । योग वैधृति ११:४४ बजेसम्म, त्यसपछी विष्कम्भ । करण वव १४:०३ बजेसम्म, त्यसपछी वालव ०१:०३बजेसम्म, त्यसपछी कौलव । चन्द्रराशि मकर । आनन्दादि योग लुम्ब । दिनमान १३:५० । सूर्योदय ५:११ । सूर्यास्त १९:०१ । मंगल चौथी ब्रत, भुमिपुजा । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा ।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
महत्त्वपूर्ण कामको सन्दर्भमा शक्तिशाली व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। सरकारी काममा पनि तत्काल फाइदा उठाउन सकिनेछ। नोकरी र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा होला। राम्रै आयआर्जन हुने काम सुरु होला। विभिन्न अवसरले पछ्याउने समय छ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। मानसम्मान पनि बढ्नेछ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मेहनत गर्दा भाग्योन्नतिको समय छ। समुदायको हितमा केही राम्रै काम गर्न सकिनेछ। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। सामाजिक उत्तरदायित्व हातपार्न सकिनेछ। रोकिएको कामले पनि निकास पाउनेछ।सहयोगीहरूको साथ पाइनेछ। शक्तिको धाक देखाउनेहरू स्वत: निहुरिनेछन्। तारिफयोग्य काम गर्दै पदीय जिम्मेवारी प्राप्त गर्न सकिनेछ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
आस मारेको फल पुन: प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले काममा तत्परता देखाउन सक्छन्। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ। स्वास्थ्यमा पनि कमजोरी अनुभूति हुनेछ। कठिन चुनौती सामना गर्नुपर्ला।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
दिन रमाइलाे र उत्साहपूर्ण रहनेछ। साथीभाइसँग रमाइलाे भेट हुनेछ। प्रेम र मित्रताकाे बन्धन कसिनेछ। नयाँ कामकाे याेजना बन्न सक्छ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। भौतिक साधनले काममा सहजता ल्याउनेछ। व्यापार बढ्नाले मनग्य लाभ उठाउन सकिनेछ। व्यवसायको सन्दर्भमा यात्राकाे साइत पनि जुर्न सक्छ। अतिथिका रूपमा सत्कार समेत पाइनेछ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
व्यापार तथा आर्थिक कारोबारमा राम्रै फाइदाको योग छ। अधिकार संरक्षण गर्न जुट्नुपर्ने समय छ। केही प्रतिस्पर्धा हुन सक्छ। तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। प्रतिस्पर्धीलाई सजिलै उछिन्ने मौका छ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। शत्रु र रोगबाट छुटकारा पाइएला। मुद्दा–मामिलामा पनि विजयी भइनेछ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। दिगो फाइदा हुने काम सम्पादन हुनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र पनि फराकिलो बन्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। शुभचिन्तकहरूले साथ दिनाले राम्रै उपलब्धि पाइनेछ। आफ्नो प्रतिभाको कदर हुनेछ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
मान्यजनसँग असमझदारी बढ्न सक्छ। विगतका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको सुझाव अप्रिय लाग्नेछ। आफूबाट गलत निर्णय हुनेछ। धोकामा परिएला। महत्त्वाकांक्षी योजना गोप्य राख्दा फाइदा हुनेछ। काममा परिवारजनको सहयोग र मातृशक्तिको राय–सुझावबाट लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि सामान्य लाभ मिल्नेछ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
सहयोगीहरूले साथ दिनेछन् र आयआर्जनका काममा सोचेजस्तै सफलता मिल्नेछ। आम्दानी बढ्नेछ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। कृषिकर्ममा भने केही चुनौती सामना गर्नपर्ला। तापनि, नयाँ काममा हात हाल्ने समय छ। प्रतिस्पर्धी र शत्रुपक्षलाई परास्त गर्न सकिनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ। बाध्यताका काममा बढी खर्च हुनेछ। अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ। प्रशंसकहरूले पनि आलोचना गर्न सक्छन्। मान–सम्मानमा आघात पर्ने देखिन्छ। काममा विघ्नबाधा आउलान्। तापनि, निरन्तर प्रयत्न गर्दा पुरानो व्यवसायमा भने फाइदै हुनेछ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरूले उत्साह जगाउनेछन्। तर व्यवसायभन्दा सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। व्यवसायतर्फ लाभ उठाउन हतार नगर्नुहोला।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिएला, सचेत रहनुहोस् । मुद्दा–मामिला, वादविवाद र प्रतिस्पर्धामा पनि कमजोर सावित भइएला। आफन्तबाट समेत टाढिनुपर्ने समय छ। वैदेशिक क्षेत्रबाट सोचेजति लाभ नहुन सक्छ। टाढाको यात्रा व्यवस्थापनका लागि लगानी गर्नुपर्ला।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ भने आर्थिक साझेदारीबाट पनि लाभ मिल्नेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४