Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली श्रमिकलाई २४ घण्टा बीमा सुविधाको व्यवस्था गर्न मलेसियनका मन्त्रीलाई आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ ३० २०८१
  • 2.2K
    SHARES

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र मलेसियाका मानव संसाधन मन्त्री ची केवङ सिम द्विपक्षीय भेटवार्ता भएको छ।

जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन (आईएलसी) मा सहभागी हुने क्रममा मलेसियन समकक्षी बिच भेटवार्ता भएको हो।

भेटमा मन्त्री अर्यालले नेपाली श्रमिकको लागि २४ घण्टे बीमा सुविधाको व्यवस्था गर्न आग्रह गरे । त्यस्तै, नेपाल सरकारले श्रमिकको सीप विकासलाई प्राथमिकतामा राखेको बताउँदै सीप विकासका लागी सहकार्य गर्न समेत उनले आग्रह गरे ।

“हामी नेपाली श्रमिकलाई सीप सिकाएर पठाउन चाहन्छौँ । तपाईँहरूले चाहेको सीप सहितको श्रमिक पठाउन हामी इच्छुक छौँ । नेपाली श्रमिकको सीप विकासमा सहकार्य गरौँ,” उनले भने ।

त्यस्तै, मन्त्री अर्यालले मलेसियासँगको श्रम सम्झौताको लागि नेपाल सरकारले अन्तिम तयारी गरेको जानकारी गराए । परराष्ट्र र कानुन मन्त्रालयको राय प्राप्त भए पश्चात् श्रम सम्झौता नवीकरण गरिने बताए । भेटमा मन्त्री अर्यालले मलेसियन मन्त्रीलाई नेपाल भ्रमणको लागि पनि निम्ता गरे ।

भेटमा मलेसियाका मानव संसाधन मन्त्री ची केवङ सिम नेपालसँगको श्रम सम्झौता चाँडो नवीकरणको होस भन्ने मलेसियन सरकारले चाहेको बताए ।

त्यस्तै, मलेसियन सरकारले आप्रवासी श्रमिक र स्थानीय श्रमिकलाई समान खालको सामाजिक सुरक्षा सुविधा प्रदान गरेको जिकिर गर्दै २४ घण्टे बिमा सुविधा पनि छलफल गरी रहेको बताए । साथै नेपाल भ्रमणको लागि आफू इच्छुक भएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४