Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुकुम्बासी बस्ती नभत्काउन काठमाडौं महानगरलाई अध्यक्ष ओलीको चेतावनी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख २१ २०८१
  • 1.3K
    SHARES

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी बस्ती भत्काउने दुस्साहस नगर्न काठमाडौं महानगरपालिकालाई चेतावनी दिनुभएको छ ।

भूमि अधिकार तथा श्रमिक संगठनले आज काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले लोकतन्त्रमा सुकुम्वासीमाथि जथाभावी गर्न नमिल्ने भन्दै उनीहरुलाई आवासको व्यवस्था गर्न महनगरपालिकालाई सुझाव दिनुभयो ।

सुकुम्वासी बस्ती भत्काउने नभई निर्माणको अभियान शुरु गर्नुपर्ने भन्दै ओलीले काठमाडौंका मेयर बालेन शाहलाई सुकुम्वासीमाथि ज्यादति नगर्न चेतावनी दिनुभयो । अरुलाई हेप्न नसकेपछि सुकुम्वासीलाई हेप्ने भन्दै ओलीले मेयर बालेनलाई चेतावनीको शैलीमा प्रश्न गर्नुभयो ।

सुकुम्वासी समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नुपर्ने भन्दै ओलीले आफूले सरकारसँग पनि यो समस्या समाधानका लागि गम्भिरतापूर्वक छलफल गरिरहेको दाबी गर्नुभयो । सुकुम्बासी बस्तीको एउटा छेउमा ४/५ तले घर लस्करै बनाई दिन पनि ओलीले महानगरपालिकालाई सुझाव दिनुभयो ।

पहिले आफू सरकारमा हुँदा पनि सुकुम्वासी समस्या समाधान गर्न पहल गरेको दाबी गर्दै ओलीले यो सरकारले पहिलेको पहललाई अघि बढाउने जिकीर समेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४