आजबाट एउटा जिल्लाबाट अर्को जिल्लामा जाने सबै सवारी लाइ पास बन्द !
जन न्युज नेपाल खवर नमुना दहाल कार्की
आजदेखि देशभरी सवारी साधनको पास वितरण रोकिएको छ।
गृह मन्त्रालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गरी अनिश्चितकालका लागि पास वितरण रोक्न सबै जिल्ला प्रशासनलाई निर्देशन दिएको हो।
कोभिड-१९ को उच्च जोखिमलाई मध्यनजर गर्दै अर्को व्यवस्था नभएसम्मका लागि सवारी पास वितरण बन्द गरिएको गृहले जनाएको छ।
विभिन्न बहानामा एक जिल्लाबाट अर्को जिल्लामा जाने गरेकाले त्यस्तो प्रवृत्तिलाई रोक्न पास वितरण बन्द गरिएको गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जन न्युज नेपाल खवरलाई बताए।
‘अर्को निर्णय नहुँदासम्म एम्बुलेन्स, खाद्य तथा तरकारी बोक्ने सवारी साधनहरू बाहेक अरू गाडीहरू एक जिल्लाबाट अर्को जिल्ला जान पाउने छैनन्’, उनले भने,’कोही बिरामी भएमा एम्बुलेन्सबाटै जान्छन्। तर अब व्यक्तिका नाममा सवारी पास वितरण हुँदैन।’
काठमाडौं, ललितपुर र भक्तपुरलाई भने एउटै जिल्ला मानिदै आएको छ।