Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बालबालिकाको मस्तिष्क तथा शारीरिक विकासका लागि न्यूट्रिसन तथा मनो – वैज्ञानिक तालिम सम्पन्न !


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २४ २०८०
  • 3.4K
    SHARES

काठमाडौं । राम्रो पोषण नपाएको अवस्थामा साना बालबालिकाहरू उच्च जोखिममा पर्न सक्छन् । खासगरी मस्तिष्क विकासको मुख्य समय भएकोले पूर्व प्राथमिक विद्यालयका बालबालिकाहरूलाई संवेदनशील भई उत्तम आहार तथा आहार चयन सम्बन्धी व्यवहारमा सहयोग गर्न अति आवश्यक हुन्छ।सुनौलो हजार दिन जसमा बच्चा पेटमा भएदेखि नै गिन्ती हुन्छ , यस अवस्थामा बच्चालाई कस्तो आहारा आवश्यक हुन्छ र आहार नपुगेको खण्डमा कस्ता समस्याहरू देखिन सक्छन् आदि विषयको जानकारी शिक्षक तथा अभिभावकहरूमा पुग्नु अत्यन्तै महत्वपूर्ण हुन्छ। दुई वर्षसम्ममा बालबालिकाको ८०% मस्तिष्क विकास भइसकेको हुन्छ यस्तो अवस्थामा आहारको विषयलाई लिएर हेलचेक्राई गर्नु जोखिमलाई निम्त्याउने कार्य हुन सक्छ।

आहार एकातिर भयो अर्कोतिर खानै नमान्ने बालबालिकाहरूलाई के गर्ने त ? नराम्रो खानाले मानसिक अवस्थामा कस्तो असर पारिरहेको हुन्छ ? राम्रो खानाको मानसिक विकासमा कस्तो भूमिका रहन्छ ? पौष्टिक खाना खाने व्यवहार कसरी विकास गर्न सकिन्छ ? आदि जस्ता प्रश्नहरूलाई समेत संवेदनशील रूपमा नहेरिने हो भने बाल विकासमा निकै त्रुटी आउन सक्छन् ।

यस्तै विषयहरूको समाधान दिने हेतुले गत चैत्र २१ गते बालबालिकाहरूको स्वास्थ्यलाई ध्यानमा राखेर न्युट्रिसन तथा आहारको मनोविज्ञान विषयमा पूर्व प्राथमिक विद्यालयका शिक्षक तथा लिडरहरूलाई लक्षित गर्दै होटेल टिब्बेट इन्टरन्यासनल बौद्धमा सेमिनार तथा तालिम सञ्चालन गरियो। असोसिएसन अफ प्रिस्कुल एजुकेटर्स नेपाल अपेन ललितपुर तथा अपेन काठमांडौले आयोजना गरेको उक्त कार्यक्रमलाई जेभियर्स इन्टरनेसनल स्कुलले स्पन्सरसिप गरेको थियो भने आर.ए इभेन्टले सहकार्य गरेको थियो ।

काठमाडौँ ललितपुर र कीर्तिपुर गरी ६० भन्दा बढी शिक्षकहरूले भाग लिएको उक्त कार्यक्रमलाई सफल बनाउनका निमित्त अपेन ललितपुरका अध्यक्ष तथा किड्जी सानेपा का प्रिन्सिपल मुना श्रेष्ठ र अपेन काठमाडौँका अध्यक्ष तथा स्प्रिङ् भिल प्रिस्कुलका प्रिन्सिपल तिलक मानन्धरले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । व्यवहार मनोविज्ञान तथा न्युट्रिसनमा आधारित भएर उक्त कार्यक्रममा नेपाल एकेडेमी अफ साइकोलोजीका मुख्य वक्ता द्वय मनोविद उमङ्ग जङ्ग शाह तथा न्युट्रिसनिस्ट कविता दाहालले आफ्ना प्राज्ञिक विषयवस्तु प्रस्तुत गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४