Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपनिर्वाचन दुई युवालाई भिडाएर फाइदा लिने नेपाली कांग्रेसको दाउ !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २३ २०८०
  • 4.7K
    SHARES

काठमाडौं । इलाम–२ मा आगामी वैशाख १५ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुँदैछ । गत निर्वाचनमार्फत निर्वाचित नेकपा एमालेका उपाध्यक्ष एवम् संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

दलहरूले आ–आफ्ना उम्मेदवार घोषणा गरेर मत माग्दै घरदैलो अभियानमा जुटिसकेका छन् । नेकपा एमालेले स्वर्गीय सुबाष नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी  “रास्वपा”ले पनि पुर्वपत्रकार तथा नेकपा माओवादी केन्द्र निकटका मिलन लिम्बुलाई उम्मेदवार घोषणा गरेर चुनावी मैदानमा खटाइसकेको छ ।

यता, देशको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले भने डम्बर खड्का लाई उम्मेदवार बनाएको छ । बिहिबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले खड्कालाई सिफारिस गरेको हो ।

खड्का यसअघिको प्रतिनिधिसभा निर्वाचनमा स्वर्गिय सुवास नेम्वाङसँग पराजीत भएका थिए । उनी नेम्वाङसँग ११४ मतले पराजित भएका थिए । उनि इलाम नेपाली कांग्रेसका जिल्ला सभापति समेत हुन् ।

वि.सं २०५६ यता सबै निर्वाचन जित्दै आएको नेकपा एमाले र अघिल्लो निर्वाचनमा एक सय १४ मतको झिनो अन्तरले पराजित नेपाली कांग्रेसले उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका छन् ।

नेकपा एमालेबाट उम्मेदवार बनेका सुहाङ नेम्वाङ र राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा”बाट उम्मेदवार बनेका मिलन लिम्बू सत्ता गठबन्धनमा आबद्ध दलका उम्मेदवार हुन् । सुहाङलाई नेकपा माओवादीको र समाजवादीको भित्री साथ छ तर पूर्व माओवादी निकट तथा रास्वपाबाट उम्मेदवार बनेका मिलनले भोट काट्ने आङ्कलन गरिएको छ । जसको फाइदा नेपाली कांग्रेसले लिने देखिन्छ ।

राजनीतिक प्रतिष्ठाको लडाइँका रुपमा रहेको इलाममा यो उपनिर्वाचनले अन्य धेरै कुराको प्रभाव पार्ने छ । यति मात्रै होइन,कोशीमा पछिल्लो समय पहिचानको मुद्दा बलियो रुपमा उठ्दै आएको छ । जसको कारण पनि उपनिर्वाचनको परिणाम सोचेभन्दा फरक पक्कै हुनेछ ।

हुन त,नेकपा एमाले र रास्वपाका दुवै उम्मेदवार एउटै समुदायमा छन् । तर जातीय मुद्दा पेचिलो बनेका बेला दुबै जना एउटै समुदायबाट भएको कारण मत बाँडिने पक्का छ । जसको फाइदा नेपाली कांग्रेसलाई हुन सक्छ ।

हुन त,नेकपा एमालेले युवा उम्मेदवार सुहाङलाई चुनावी मैदानमा उतारेको छ । सांगठानिकरुपमा सुहाङ बलिया पनि छन्,नेकपा एमालेको विरासत पनि अब्बल नै रहेको छ । तर, उनी आफै भने सो भूगोलमा भिजेका उम्मेदवार भने होइनन् । सुहाङलाई सहानुभूतिको मत र सङ्गठनको मत त पाइनेछ तर यतिले मात्रै उनलाई चुनाव जित्न पर्याप्त नहुन सक्छ ।

यता, रास्वपाले उम्मेदवार बनाएका मिलनले यसअघि नै स्वतन्त्र उम्मेदवार दिइसकेका उम्मेदवार हुन् । मिलन पहिचानवादीहरूबाट आफूले मत पाउनेमा विश्वस्त छन् । उनी पहिचानको मुद्दा लिएर जनतामाझ गएका छन् । रास्वपाबाट उम्मेदवार बन्दा उनी थप बलियो मनस्थितिमा छन् । उनलाई यतिले मात्रै चुनाव जित्न सहज नुहुने देखिन्छ । किन भने उनकै समुदायका र उनी जस्तै अर्का युवा उम्मेदवार छन् सुहाङ । सुहाङले उनले पाउने भनिएको मत काट्ने देखिन्छ । जसको फाइदा नेपाली कांग्रेसलाई हुनेछ ।

सत्ता गठबन्धनमा रहेका पार्टीहरू बीच एक आपसमा भिडन्त हुने पक्का भएपछि दुवै जनाको मत बाँडिने सम्भावना बलियो छ । यसले गर्दा नेपाली कांग्रेसलाई उपलब्धि हुने सम्भावना बलियो रहेको राजनीतिक विज्ञहरू बताउँछन् । नेपाली कांग्रेसका उम्मेदवार आम निर्वाचनमा ११४ मतले मात्र पराजित भएका थिए । जसले पनि नेपाली कांग्रेस उप निर्वाचनमा जित्ने मनसायले मैदानमा उत्रिएको छ ।

२०७९ को समानुपातिक परिणाम यस्तो रहेको छ :-

वि.सं २०७९ मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा इलाम–२ को मतदाता एक लाख १५ हजार तीन सय ४२ रहेकोमा ६९ हजार चार सय ८१ मत खसेको थियो । खसेको मतमध्ये ६६ हजार आठ सय ८५ मत सदर र दुई हजार पाँच सय ९६ मत बदर भएको थियो ।

सदर मतमध्ये सबैभन्दा धेरै एमालेले २६ हजार पाँच सय ६२ मत पाएको थियो भने नेपाली कांग्रेसले २२ हजार तीन सय ३३, मत प्राप्त गरेको थियो । साथै नेकपा माओवादी केन्द्रले पाँच हजार एक सय ५३, राष्ट्रिय स्वतन्त्र पार्टीले चार हजार छ सय ६८, मङ्गोल नेशनल अर्गनाईजेशनले एक हजार छ सय ६१, राष्ट्रिय जनमुक्ति पार्टीले एक हजार चार सय १३, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले एक हजार तीन सय २९, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार एक सय ९१ र जनता समाजवादी पार्टीले नौ सय छ मत प्राप्त गरेका थिए ।

उपनिर्वाचनका लागि इलामको मतदाता संख्या दुई लाख २७ हजार १५ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मतदातामा महिला एक लाख नौ हजार नौ सय ३४, पुरुष एक लाख १७ हजार ७९ र अन्य दुई जना छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४