Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

त्रिविलाई शिक्षामन्त्रीले सोधिन्- बेथितीमा संलग्नमाथि के कारबाही हुँदैछ ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २३ २०८०
  • 4.3K
    SHARES

काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय “त्रिवि”मा पछिल्लो समय देखिएको चार बेथितीका घटनाहरुमाथि चासो राख्दै संलग्नमाथि कारबाहीको विवरण मागेकी छन् ।

मन्त्री श्रेष्ठले अनियमितता र बेथितीले विश्वविद्यालयको साख गिरेको भन्दै संलग्नहरुमाथिको छानविन र कारबाहीको विवरण मागेकी हुन् ।

उनले जनसंख्या तथा स्वास्थ्य र शिक्षाको आधार विषयको उत्तरपुस्तिका हराएको घटनाको विवरण मागेकी छन् । गत बैशाखमा सम्पन्न परीक्षाको उत्तरपुस्तिका हराएपछि त्रिभुवन विश्वविद्यालयले केही विद्यार्थीहरुलाई फेरि जाँचमा सामेल बनाउँदैछ ।

उत्तरपुस्तिका हराएको घटनाबारे जाँचबुझ गर्न गठन भएको उच्चस्तरीय छानविन समितिको काम कारबाहीको विवरण पनि उनले झिकाएकी छन् । उनले पत्रमा लेखेकी छन ‘उक्त समितिले पेश गर्ने भनिएको प्रतिवेदन कार्यान्वयनको सुनिश्चितता सहित सम्बन्धित प्रक्रियामा संलग्न दोषीउपर कारबाहीको प्रक्रिया कहाँ पुगेको छ ?

त्रिविको मानविकी तथा समाजशास्त्र संकायको स्नातकोत्तर तहको अर्थशास्त्रको प्रश्नपत्रमा एउटै प्रश्न दुई ठाउँमा सोधिएको थियो । उनले प्रश्नपत्र निर्माण संलग्नमाथिको कारबाहीको प्रगति विवरण पनि मागेकी छन् ।

त्यसैगरी इञ्जिनियरिङ संकायको अटोमोबाइल विषयमा पुरानो पाठ्यक्रमबाट प्रश्न सोधिएकोमा पनि उनले कारबाहीको विवरण मागेकी छन् । पत्रमा भनिएको छ,उक्त प्रक्रियामा संलग्न जिम्मेवार पदाधिकारी को हुन् ? त्यस्तो लापरबाहीपूर्ण कार्य गर्ने पदाधिकारीहरू माथि के कस्तो कारबाही कसरी अघि बढ्दै छ ?

शैक्षिक क्यालेण्डर कार्यान्वयन हुन नसक्दा तोकिएको समयमा पठनपाठन सक्ने, परीक्षा लिने, नतिजा निकाल्ने काम हुन नसकेको र विद्यार्थीको समय खेर गएको भन्दै उनले त्यसको सुधारको योजना र खाका मागेकी छन् ।

‘शैक्षिक क्यालेण्डर बमोजिम समयमा नै प्रकाशन गर्ने सम्बन्धमा जिम्मेवार पदाधिकारीहरूलाई कसरी जवाफदेही बनाउँदैछ ? उनले पत्रमा भनेकी छन्, ‘घटनाहरूपश्चात परीक्षा प्रणालीलाई सुधार गर्न के गरिंदै छ ? यी घटनाहरूबाट विद्यार्थीहरूमा पर्न गएको क्षतिको क्षतिपूर्ति कसरी हुँदैछ ?

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४