Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तानसेनमा हुरीले रुख ढल्दा १९ वर्षीय युवकको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १८ २०८०
  • 4.5K
    SHARES

काठमाडौं । पाल्पाको तानसेनमा हावाहुरीले ढालेको रुखले लाग्दा स्कुटरमा सवार एक युवकको मृत्यु भएको छ । तानसेन नगरपालिका-५ कैलासनगरका १९ वर्षीय भुवन दर्लामीको रुखले च्यापिएर मृत्यु भएको हो ।

पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा-डुम्रे सडकको जरेपिपल नजिकै शनिबार साँझ उत्तीस र सल्लाको रुख ढलेर लाग्दा लु ८१प ११३६ नम्बरको स्कुटर चालक दर्लामको मृत्यु भएको हो । दर्लामी स्कुटरमा पाल्पाबाट बुटवलतर्फ जाँदै गर्दा ठूलो हावाहुरीमा परेका थिए ।

स्कुटर रोकेर ओतिने क्रममा उनी ढलेको रुखले च्यापिएका हुन् । सोही स्थानमा रोकिराखेको ग १०प ५७२१ नम्बरको स्कुटर र अर्को एउटा मोटरसाइकल पनि ढलेको रुखले च्यपिएका प्रहरीले जनाएको छ । घटनामा अन्य तीन जना यात्रु पनि सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४