Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विदेशी चित्रकारहरुको गन्तव्य बन्दै नेपाल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र १५ २०८०
  • 4.4K
    SHARES

काठमाडौं । पछिल्लो समय नेपाल विदेशी चित्रकारहरुको पनि गन्तव्यस्थल हुन थालेको छ । नेपालको मौलिक सम्पदाले उनीहरुलाई पनि लोभ्याउन थालेको हो । नौलो नौलो माध्यमबाट कला सृजना गरेर उनीहरुले प्रदर्शनी समेत गर्न थालेका छन् । एक पोर्चुगिज कलाकारले यतिखेर काठमाडौंमा प्रकाशको परावर्तनमा मात्र देखिने नौलो कला प्रदर्र्शनी गरिरहेका छन् ।

‘प्लेटिग्लेम’ एक नयाँ कला माध्यम हो । जुन कला शैलीमा सर्जकले आफनो सृजनामा रेखाचित्र र चित्रकला रंगले कोरेका हुँदैनन् । मध्यरातमा मात्र सृजना गर्न सकिने यो कला प्रकाशको परावर्तनमा मात्र हेर्न सकिन्छ । विश्वमा नै नौलो यो नयाँ कला प्रविधि पोर्चुगलबाट नै शुरु भएको मानिन्छ । यस कलाको सर्जक लोकप्रिय पोर्चुगिज भिजुअल आर्टिष्ट नेल्सन फरेरा हुन् । जसले अहिले पहिलो पटक काठमाण्डौस्थित नेपाल कला परिषदमा आफनो यही नौलो कला प्रदर्शन गरिरहेका छन् । नेपाल मण्डलको मौलिक सम्पदा र पोर्चुगलको बाटलाहा मोनाष्ट्रीको संयोजन गरेर ‘प्लेटिग्लेम’ कला प्रदर्शन भइरहेको छ । कला पारखीहरु पनि उत्सुकताका साथ कला प्रदर्शनी आफनो मोबाइल लाईट बालेर अवलोकन गरिरहेका छन ्। लाइट विना कुनै अर्थ नरहने यो कला उपत्यकाको पुरातात्विक र ऐतिहासिक मठमन्दिरमा राति गएर सृजना गरिएको हो । नेपालको मौलिक कला, संस्कृति प्रेरणाको स्रोत भएको कलाकार फरेराको भनाई छ ।

पोर्चुगलमा शुरु गरेर बेलायत, इटली र बंगलादेश हुदै नेपाल आएर सो कला प्रदर्शन गरिरहेका फरेरा नेपालमा थप उर्जा मिलेको बताउनु हुन्छ । उनको एकल कला प्रदर्शनीको २ लाख बढी कला पारखीहरुले हेरीसकेका छन् । लिस्बनमा फाइन आर्ट्समा उच्च शिक्षा अध्ययन गरेका उहाँले विश्वका अन्य देशहरुमा यस्तो कला सृजना गर्ने र सिकाउने लक्ष्य राख्नुभएको छ । नेपालको मौलिक सम्पदाको संरक्षण गर्न पनि आफनो चाहना रहेको फरेरा बताउनुहुन्छ ।

यो नौलो प्रविधिको कला प्रदर्शनीले नेपालमा विदेशी कलाकारहरुका लागि ‘कला पर्यटन’को पनि विकासको सम्भाव्यता औंल्याएको छ । यसैले विदेशका विभिन्न सर्जक र कलाकारहरुका लागि नेपाल नयाँ आयाम हुन सक्ने भएकोले कला पर्यटनको प्रवद्धनको विषयमा पनि सोच्ने हो की ?

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४