Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोशी प्रदेशमा सरकार र आन्दोलनरत पहिचान पक्षधरबीच आज वार्ता


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ २५ २०८०
  • 4.5K
    SHARES

काठमाडौं । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज वार्ता हुन लागेको छ । वार्ता विराटनगरको एक होटलमा दिउँसो ३ बजे हुने जनाइएको छ ।

प्रदेशको नाम कोशी खारेज गरेर पुनः नामकरण गर्नुपर्ने माग राख्दै आन्दोलनमा रहेको प्रदेश नम्बर– १ पुन नामांकन संयुक्त संघर्ष समितिले वार्ता समिति गठन गरेपछि आज सरकारसँग वार्ता हुन लागेको हो ।

माघ ६ गते बसेको मन्त्रिपरिषदको बैठकले पहिचान पक्षधरसँग वार्ता गर्न भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जवेगुको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो ।

वार्ता टोलीले माघ १२ गते संयुक्त संघर्ष समितिलाई वार्ताका लागि पत्र पठाएको थियो । बुधबार बसेको संयुक्त संघर्ष समितिको बैठकले वार्तामा जाने निर्णय गर्दै वार्ता समिति गठन गरेको थियो ।

समितिले आज सरकारसँग वार्ता गर्ने पहिचान पक्षधर नेता अर्जुन जम्नेली राईले जानकारी दिनुभयो । कोशी सरकारले आन्दोलनरत पक्षसंग वार्ताबाटै सामाधान खोज्ने जनाएको छ । वार्ता टोलीका संयोजक मन्त्री जवेगुले आन्दोलनरत पक्ष पनि वार्ताका लागि लचिलो देखिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४