Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संघीय संसद : हिउँदे अधिवेशनको कार्यतालिका


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ २३ २०८०
  • 3.4K
    SHARES

काठमाडौं । सोमबारदेखि सुरु भएको संघीय संसदको हिउँदे अधिवेशनको पहिलो दुई महिनाको बैठक बस्ने कार्यतालिका सार्वजनिक भएको छ ।

सार्वजनिक भएको कार्यतालिका अनुसार माघ र फागुन महिनामा प्रतिनिधिसभाको बैठक ७ दिन र राष्ट्रियसभाको बैठक १३ दिन बस्ने भएको छ ।

प्रतिनिधिसभाको सोमबार बसेको पहिलो बैठक एक घण्टामात्रै बसेको थियो । पहिलो दिनको बैठकमा अधिवेशन आह्वानको पत्रको जानकारीसँगै बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन, संघीय संसदको कार्यवाहक महासचिव तोकिएको जानकारी, राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबल, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८० र बाधा अड्काउ फुकाउ अध्यादेश मात्र पेश भएको थियो ।

त्यस्तै सोमबार बसेको बैठकको शून्य समय, दलीय आधारमा मन्तव्य, सम्पत्ति शुद्धीकरण निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ दफाबार छलफलसहित पारित गर्ने तथा अन्य विधायिकी कार्य गर्ने कार्यतालिका रहेको छ ।

प्रतिनिधिसभाको अर्को बैंठक बुधबार बस्नेछ । कार्यतालिकाअनुसार फागुनमा ५ दिनमात्रै बैठक बस्नेछ । फागुनको दोस्रो बैठक १० गते बिहीबार, तेस्रो ११ गते शुक्रबार, चौथो फागुन १३ गते बस्ने छ ।

त्यसैगरी चौथो बैठकमा शून्य समय, विशेष समय, राजनीतिक दलसम्बन्धी विधेयक (दोस्रो संशोधन) २०८० माथि सामान्य छलफल तथा अन्य विधायिकी कार्य गर्ने कार्यतालिका छ । फागुन १४ गते अन्तिम बैठक बस्ने छ ।

यसैगरी राष्ट्रियसभा बैठक माघमा ४ दिन र फागुनमा ९ दिन बस्ने कार्यतालिका छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४