Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जाम्बियामा हैजाका कारण ३६२ जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ २ २०८०
  • 3.4K
    SHARES

एजेन्सी । जाम्बियामा अक्टोबर यता हैजाका कारण ३ सय ६२ जनाको मृत्यु भएको छ ।

अक्टोबरमा पानीजन्य रोग (हैजा) फैलिएदेखि हालसम्म ९ हजार १५५ जना संक्रमित भएका छन् ।

हैजाको प्रकोप नघटेपछि जाम्बियाले हैजाको प्रकोप नियन्त्रणका लागि थप कडा उपायहरुको घोषणा गरेको छ । स्वास्थ्यमन्त्री सिल्भिया मासेबोले सरकारले हैजा रोकथाम र नियन्त्रणका उपायहरू बढाउनका लागि यसअघि घोषणा गरेको वैधानिक यन्त्रमा एउटा दफा ल्याएको बताउनु भयो ।

अन्य पहिलेका उपायहरूमा अस्वच्छ खानाको व्यापारमा प्रतिवन्ध र हैजाबाट मरेका मानिसहरू राखिराख्न निषेध गरिएको थियो ।

चर्चहरूलाई अधिकतम दुई घण्टामा हैजाका कारण मृत्यु भएकाहरुको अन्त्येष्टि गरिसक्न निर्देशन दिइएको थियो ।

देशका १० मध्ये ६ प्रदेशमा पछिल्लो २४ घण्टामा ४३१ नयाँ संक्रमित र ११ जनाको मृत्यु भएको छ भने ३८८ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४