गोंगबुमा सुटकेसभित्र टाउको विनाको शव भेटियो
जन न्युज नेपाल खवर
नमुना दहाल कार्की
गोंगबुको गणेशस्थान नजिकै सुटकेसभित्र टाउको विनाको शव फेला परेको छ।
आइतबार बिहान टोखा नगरपालिका-१० गोङ्गबुमा सुटकेसभित्र टाउको नभएको अवस्थामा शव फेला परेको हो।
‘सुटकेसभित्र शव प्याक गरिएको अवस्थामा भेटिएको हो। टाउको भने अलि पर भेटिएको छ,’महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी राजकुमार केसीले भने।
उनका अनुसार शव पहिचान भइसकेको छैन।
परिसरका प्रमुख एसएसपी श्याम ज्ञवाली र अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापालगायतको टोली घटनास्थल पुगेको छ।भने यस घटनाको पुरा विवरण बाहिर आउन भने बाकि नै छ यो घटना कसले घटाएको हो खुल्न भने सकेको छैन अनुसन्धान जारि रहेको प्रहरीको भनाइ थप विवरण आउँ बाकि छ