Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इजरायलको दाबी- उत्तरी गाजा क्षेत्रमा हमासको सैन्य संरचना समाप्त


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २२ २०८०
  • 2.8K
    SHARES

काठमाडौं । इजरायलले उत्तरी गाजा क्षेत्रमा हमासको सैन्य संरचना नष्ट गर्ने अभियान पूरा भएको जनाएको छ । अब गाजा क्षेत्रको मध्य र दक्षिणी क्षेत्रमा हमासलाई समाप्त पार्ने अभियान सुरु गर्ने इजरायलले जनाएको छ ।

गत ७ अक्टुबरमा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले युद्ध घोषणा गर्दै हमासलाई समाप्त पार्ने अभियान सुरु गरेको थियो । सोही क्रममा हवाई तथा स्थल आक्रमण गरेर इजरायलले उत्तरी गाजा क्षेत्र तहसनहस बनाएको छ ।

इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले शनिबार मिडियाहरुसँग भनेका छन्, ‘उत्तरी गाजा क्षेत्रमा हमासको सैन्य संरचना समाप्त पार्ने काम पूरा भएको छ । प्यालेस्टिनी समूहका सदस्यहरु अब कमाण्डरविना छिटफुट रुपमा मात्र केही क्षेत्रमा काम गरिरहेका छन् ।’

हमासले ७ अक्टुबरमा इजरायलमाथि एक्कासी आक्रमण गर्दा १० नेपालीसहित १ हजार १४० जनाको मृत्यु भएको थियो । हमासले नेपालका विपिन जोशीसहित २५० जनालाई बन्धक बनाएको थियो । केहीलाई हमासले मुक्त गरे पनि विपिनसहित १३२ जना अझै हमासको नियन्त्रणमा रहेको बताइएको छ ।

सो आक्रमणबाट क्रुद्ध भएको इजरायलले हमासलाई निमिट्यान्न पार्ने कसम खाँदै अन्धाधुन्द आक्रमण सुरु गरेको थियो । इजरायलको आक्रमणबाट २२ हजार ७०० जनाभन्दा धेरै व्यक्तिको मृत्यु भएको गाजा क्षेत्रमा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मारिनेहरुमा अधिकांश महिला तथा बालबालिकाहरु छन् । इजरायलको आक्रमणबाट कयौं विस्थापित भएका छन् ।

इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले गाजाको उत्तरी क्षेत्रमा सैन्य अभियान सफल भएको भन्दै अब मध्य र दक्षिणी क्षेत्रमा सैन्य अभियान सुरु हुने र त्यो फरक तरिकाको हुने बताएका छन् ।

उनले भने, ‘मध्य गाजा क्षेत्रको शरणार्थी शिविर आतंकवादीहरुबाट भरिएको छ । दक्षिणमा खान युनिसमा भूमिगत सुरुङको सन्जाल छ । यसलाई समाप्त पार्न समय लाग्छ । हामी यसलाई अलग तरिकाबाट गर्ने छौं ।’

गत शनिबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा इजरायलका लागि फेरि कहिल्यै खतरा नबनोस् भन्दै हमासलाई समाप्त पार्दै हमासको नियन्त्रणमा रहेका सबैलाई सुरक्षित तरिकाले मुक्त गराउन आफ्ना सेनालाई निर्देशन दिएका थिए । उनले भनेका थिए, ‘जबसम्म हाम्रो लक्ष्य हासिल हुँदैन, तबसम्म युद्ध रोकिँदैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४