Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बिहीबार र शुक्रबार उल्का वर्षा : नाङ्गो आँखाले हेर्न मिल्ने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष १९ २०८०
  • 2.6K
    SHARES

काठमाडौं । सन् २०२४ को पहिलो उल्का वर्षा बिहीबार र शुक्रबार हुने भएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार पुस १९ र २० गते राति अत्यधिक मात्रामा उल्का वर्षा हुन लागेको हो । यसलाई भूतप उल्का वर्षा नाम दिइएको उनको भनाइ छ ।

बुधबार अध्यक्ष भट्टराईले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘भूतप उल्का वर्षा स्थानीय समय अनुसार पुस १९ गते दिउँसैदेखि अत्यधिक मात्रामा सक्रिय भए पनि राति ११ः३० बजेदेखि २० गतेको सूर्योदय भन्दा अगाडि हेर्न सकिनेछ।’’

उनले अत्यधिक उल्का वर्षा हुने समयमा नाङ्गो आँखाले नै आकाशको अवलोकन गर्न सकिने जानकारी दिए ।

उल्का वर्षा प्रति घण्टा ५० देखि १२० वटासम्म हुने अनुमान गरिएको उनको भनाइ छ । आगोका झिल्का जस्तै देखिने उल्का वर्षा करिब ७० किलोमिटर माथि वायुमण्डलमा देखिनेछन् ।

‘‘पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कण र चट्टान पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई हामी उल्का वर्षा भन्दछौँ । उल्का वर्षालाई नेपाली जनजिब्रोमा तारा खसेको पनि भनिन्छ’’, अध्यक्ष भट्टराईले बुधबार सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४