Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरिया रोजाइको श्रम गन्तव्य, प्रभावकारी सहजीरकण नहुँदा बारम्बार समस्या


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष १८ २०८०
  • 3.7K
    SHARES

काठमाडौं । सन् २००८ मा सरकारी तवरमा श्रम सम्झौता भएसँगै नेपालीहरुका लागि कोरिया वैदेशिक रोजगारीका लागि महत्वपूर्ण गन्तव्य बन्दै आएको छ । मुलुकमा रोजगारी नपाएका युवाका लागि दुःख भएपनि आकर्षक तलवका कारण कोरिया प्रमुख रोजाइमा पर्ने गरेको हो । यसैका लागि फारम भर्ने विषयमा गत शुक्रबार झडप हुँदा अनाहकमा निर्दोष दुई युवाको ज्यान गयो । यसको मूल जड के थियो त ?

ईपीएसमार्फत हालसम्म कोरिया पुग्ने नेपालीको सख्ंया ९० हजार पुगिसकेको छ । अहिलेपनि ५० हजार नेपाली काम गरिरहेका छन् । कोरियाले नेपालसहित अन्य देशबाट श्रम सम्झौता अनुसार विभिन्न क्षेत्रमा नियमित कामदार लैजाने गरेको छ । विगत चार वर्षयता भने कोभिडका कारण भाषा परीक्षा उत्तीर्ण परीक्षार्थी कोरिया जानबाट वञ्चित हुन थालेका थिए । उनीहरुले वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस शाखामा २१ दिन आन्दोलन समेत गरेका थिए । त्यति बेला कोरिया सरकारले १४ महिना विदेशी कामदार लैजान रोक लगाएको थियो ।

यस्तै २०७७ माघमा कामदार भिसामा जान श्रमिकले सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेपनि सरकारले उडान खुला नगरेपछि उनीहरू रोकिएका थिए । त्यतिखेर पनि उनीहरु आन्दोलित भएका थिए । गत वर्ष पनि कोरियामा करार अवधि पाँच वर्ष सकेर फर्किएका कामदारले फेरि जाने गरी परीक्षा गराउन माग गर्दै १५ दिन आन्दोलन गरेका थिए । यसपटक पनि फाराम भर्ने विषयमा सरकारले समयमा उचित निर्णय लिन वा भर्नौ युवालाई बुझाउन नसक्दा श्रमिक आन्दोलित हुन पुगे ।

यसपटक सिपविल्डिङ तर्फ आवेदन दिएका आवेदकलाई उत्पादनमूलक क्षेत्रमा आवेदन भर्न नपाउने व्यवस्था गरिएको थियो । यस विरुद्ध अदालत गएका १८ जना युवालाई अदालते फाराम भर्न पाउने फैसला गरेसंगै अन्य युवा आन्दोलित हुँदा दुःखद घटना घट्न पुगेको थियो । युवाको चाहना र रोजगारदाताको आवश्यकताबीच तालमेल नहुनु नै घटनाको प्रमुख कारक बन्न पुगेको रोजगार व्यवस्थापन महाशाखाका सहसचिव राजिव पोखरेलले बताउनु भयो ।

घटनाकै दिन सबैलाई फारमका लागि खुला गरियो तर अबेर भैसकेको थियो । चालु आर्थिक वर्षको ५ महिनामा मात्र ४ हजार बढी नेपाली रोजगारीका लागि गइसकेका छन् । निकै इमान्दार र मेहनती श्रमिकको मान्यता पाएका नेपालीलाई कोरियाका रोजगारदाताले समेत विश्वास गर्दै आएका छन् । अन्य देशका तुलनामा नेपाली करार अवधि सकिएसँगै स्वदेश फर्कने, अवैधानिक बसोबास नगर्ने भएका कारण पनि नेपाली कामदार कोरियाली रोजगारदाताको रोजाइमा पर्दै आएका हुन् । सोहीअनुरुप कोरिया सरकारले वर्षेनी नेपाली कामदार लैजाने कोटा पनि बढाउँदै आएको छ । यसको व्यवस्थापन एवं सहजीकरणमा सरोकारवाला निकाय थप गम्भीर हुनुपर्ने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४