Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापको लिखु तामाकोसी गाउँपालिका- ७ तिल्पुङका वडाध्यक्ष दर्लामी जेल चलान


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष १७ २०८०
  • 96K
    SHARES

पुष्कर खड्का

रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङका वडाध्यक्ष कैलाशकुमार दर्लामी पुर्पक्षका लागि थुनामा गएका छन् । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिका उपाध्यक्ष दर्लामीलाई पुस १२ गते प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो ।

दर्लामीलाई कास्की जिल्ला अदालतका न्यायाधीश रामचन्द्र शर्माको इजलासले उनलाई सहकारी ठगी कसूरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । सहकारी ऐन, २०७४ तथा मुलुकी अपराध संहिता, २०७४ को ठगी कसूरमा सहकारी ठगीमा १९ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा विचाराधीन छ ।

जिल्ला सरकारी वकिल कार्यालयले गत १८ असोजमा १९ जनालाई प्रतिवादी बनाई १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो भराई बिगोबमोजिम जरिवाना र ८ देखि १० वर्षसम्म कैद सजाय माग दाबीसहित जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो । यसअघि पक्राउ परेका सहकारी कोषाध्यक्ष कुमार रम्तेल २१ असोजदेखि थुनामा छन् ।

रम्तेल र दर्लामीबाहेक १७ जना प्रतिवादी अझै फरार सूचीमा छन् । सहकारी ठगीका मुख्य आरोपी संस्थापक अध्यक्ष जीबी राईसहित पूर्व अध्यक्षद्वय भूपेन्द्र राई र थानबहादुर बुढामगर तथा पूर्व सञ्चालक समिति सदस्य शिवबहादुर गुरुङ (महेन्द्र भोटे) विरुद्ध इन्टरपोलमार्फत प्रहरीले डिफ्युजन नोटिस जारी गर्न लागेको छ ।

यसबाहेक सचिव धीरजकुमार दाससहित लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङ, सदस्य हेमन्त अधिकारी, प्रमोद भट्टराई, अनुज नकर्मी, भविश्वर अर्याल, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, ललिता तामाङ, दिनेश रोका र सुरज श्रेष्ठको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै अन्य दुई जनाले मंगलबार अदालतमा उपस्थित भएर आत्मसमर्पण गरेका छन् । सो ठगी प्रकरणका प्रतिवादी मादी गाउँपालिका–१० का ३९ वर्षीय शिवबहादुर गुरुङ र स्याङ्जाको गल्याङ–९ का ४२ वर्षीय भविश्वर अर्याल अदालतमा उपस्थित भएका हुन् । गुरुङ सहकारी सञ्चालक समितिका पूर्व सदस्य हुन् भने अर्याल वर्तमान सदस्य हुन् । उनीहरूको बयान नसकिएपछि आज प्रहरी हिरासतमा पठाइएको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नाम समेत जोडिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४