Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मर्यादाक्रम मिचेको भन्दै मधेस सम्मेलनको मञ्चमै गएनन् निधि


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष ५ २०८०
  • 4.1K
    SHARES

काठमाडौं । नेपाली कांग्रेस मधेस प्रदेशको पहिलो सम्मेलन जनकपुरधाममा सुरू भएको छ । बिहीबार दिउँसो सम्मेलनको उद्घाटन सत्र चलिरहेको छ। सभापति शेरबहादुर देउवाले सम्मेलन उद्घाटन गरेका छन् ।

सम्मेलनमा सभापति देउवासहित केन्द्रीय पदाधिकारीहरू पुगेका छन् । पदाधिकारीहरूलाई मञ्चमा राखिएको छ । पूर्वउपसभापति विमलेन्द्र निधि पनि सम्मेलनमा पुगेका छन् । निधि मञ्चमा नबसी दर्शकदीर्घामा बसेका छन् ।

मर्यादाक्रम मिचेर नेताहरूको आसनग्रहण गराइएको भन्दै निधि मञ्चमा जान नमानेका हुन् । प्रदेश महामन्त्री बृहस्पती कृष्ण श्रेष्ठले नेताहरूलाई मञ्चमा आसनग्रहणका लागि पटक–पटक आग्रह गरेका थिए । निधिको नाम पटक–पटक लिए पनि उनी मञ्चमा गएका छैनन् ।

यसैबीच नेता शेखर कोइराला पनि मधेस सम्मेलनमा गएका छैनन् ।

सभापति देउवापछि वरीयता (विशिष्ट अतिथि) नबनाएको भन्दै कोइराला पक्षका ८ जना नेताले बुधबारको बैठकमा फरक मत राखेका थिए । कोइराला आज सुनसरी गएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४