Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एनसेल सेयर खरिद बिक्री विवादबारे समितिले काम थाल्दै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर २२ २०८०
  • 2.5K
    SHARES

काठमाडौं । एनसेलको सेयर खरिद बिक्री विवादबारे छानबिन गर्ने कार्य आजैदेखि शुरु हुने भएको छ ।

सरकारले छानबिन गर्न गठन गरेको समितिका संयोजक टंकमणि शर्माले छानबिनको काम अघि बढी सकेको बताउनुभएको छ ।

संयोजक शर्माले सरकारले दिएको निर्धारित समयभित्र काम सम्पन्न गर्न समितिले तीव्र गतिमा काम शुरु गरेको बताउनुभयो । साथै उहाँले सरकारले गम्भीर विषयमा छानबिनका लागि जिम्मेवारी सुम्पेकाले जिम्मेवारीलाई समयभित्रै पुरा गर्ने बताउनुभयो ।

छानबिन समितिको कार्यालय व्यवस्थापन गर्ने लगायतका काम भइसकेको र सरकार तथा समितिसंग सहकार्य गरेर निष्पक्ष ढङ्गले छानबिन प्रक्रिया पूरा गर्ने संयोजक शर्माले प्रतिवद्धता जनाउनु भयो । समितिलाई एनसेलको सेयर खरिद बिक्री विवादबारे अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन बुझाउन बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले समय दिएको छ ।

पूर्व महालेखा परीक्षक शर्माको संयोजकत्वमा नेपाल सरकारका सचिव फणीन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य, आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले सदस्य रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४