Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज कोप-२८ सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर १६ २०८०
  • 2.9K
    SHARES

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप-२८) सम्मेलनलाई सम्बोधन गर्दैछन् । बिहीबार सुरु भएको सम्मेलनमा हिजो र आज सम्मेलनमा सहभागी राज्य सरकार र प्रमुखहरूले सम्बोधन गर्ने कार्यतालिका अनुसार प्रधानमन्त्रीले आज सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा जलवायु अनुकूलनमा थप प्रतिबद्धता र कार्यान्वयन, जलवायु परिवर्तन न्यूनीकरण, जलवायु वित्त, हानी तथा नोक्सानी, पेरिस सम्झौताको विश्वव्यापी प्रगति समीक्षा, पर्वतीय राष्ट्रहरूका समस्याको पहिचान र सम्बोधनका विषयलाई महत्वका साथ उठाउने तयारी गरेका छन् । प्रधानमन्त्रीले आजै ‘कल अफ दी माउन्टेन : हु सेभ अफ फ्रम दी क्राइसिस’ नामको उच्चस्तरीय बैठकमा सहभागिता जनाउने छन् ।

भ्रमणका क्रममा प्रचण्डले विभिन्न साइडलाइन वार्ता र उच्चस्तरीय भेटवार्तासमेत गर्दै छन् । प्रधानमन्त्री सम्मेलनमा भाग लिन बुधबार राति नेपाल एयरलाइन्सको जहाजमार्फत संयुक्त अरब इमिरेट्स (यूएई) गएका थिए । उनीसहितको टोली भोलि स्वदेश फर्किनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४