Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

९ प्रतिशतले घट्यो इन्धन आयात


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर १६ २०८०
  • 3.5K
    SHARES

काठमाडौँ । चालु आर्थिक वर्षको चार महिनामा पेट्रोलियम पदार्थको आयात नौ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि कात्तिकसम्म ८८ अर्ब ९८ करोड ४४ लाख २२ हजार रुपियाँको आठ लाख किलोलिटर पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, मटितेल, ग्यास र हवाई इन्धन) आयात भएको हो ।

गत वर्ष सो अवधिमा ९८ अर्ब २७ करोड ९९ लाख ६६ हजार रुपियाँको इन्धन आयात भएको थियो । गत वर्षको तुलनामा चालु आवको चार महिनामा १० अर्ब रुपियाँको इन्धन कमी आएको छ । बजारमा इन्धनको खपत कम हुँदा आयातमा कमी आएको तथ्याङ्कले देखाएको छ ।

नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले पछिल्लो समय मुलुकमा देखा परेको आर्थिक सङ्कटका कारण विकास निर्माणको काम कम हुँदा इन्धनको खपतमा कमी आएको जानकारी दिए । औद्योगिक प्रयोजनमा २५ देखि ३० डिजेल खपत हुने गरेको निगमको भनाइ छ ।

पछिल्लो समय आर्थिक सङ्कटका कारण उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । व्यवसायीका अनुसार आर्थिक मन्दीका कारण ३० देखि ४० प्रतिशत उद्योग मात्र पूर्ण क्षमतामा सञ्चालन भएका छन् । खाना पकाउने एलपी ग्यासको समेत खपत घटेको छ। विद्युतीय चुलो (इन्डक्सन) को प्रयोग बढ्दै गएकाले पनि ग्यासको खपत कमी भएको निगमको भनाइ छ । विभागका अनुसार चार महिनामा २२ अर्ब ८७ करोड २७ लाख ६१ हजार रुपियाँ बराबरको दुई लाख २३ हजार ८१० किलोलिटर पेट्रोल आयात भएको छ ।

४० अर्ब ३१ करोड २४ लाख ४४ हजार रुपियाँ बराबरको तीन लाख ५९ हजार ६६ सय किलोलिटर डिजेल आयात भएको छ । तीन लाख ४४ हजार ७३४ रुपियाँ बराबरको तीन हजार १७२ किलोलिटर मटितेल आयात भएको छ । यस्तै ६८ अर्ब ८४ करोड तीन लाख ४२ हजार रुपियाँको ६१ हजार ६६४ किलोलिटर हवाई इन्धन आयात भएको छ । यस्तै चार महिनामा १५ अर्ब ४५ करोड ८५ लाख ९३ हजार रुपियाँको एक लाख ६७ हजार ९९४ मेट्रिक टन ग्यास आयात भएको छ । विकास निर्माणको काम तीव्र गतिमा नहुँदा इन्धनको खपतमा गिरावट आएको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४