Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

छठ पर्वको आज मुख्य दिन : अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गरिँदै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर ३ २०८०
  • 4K
    SHARES

काठमाडौं । छठ पर्वको आज मुख्य दिन । आज आइतबार षष्ठी तिथिको दिन व्रतालुले नदि, पोखरी आदि जलाशयका किनारमा अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिई रातभर जाग्राम बसेर मनाइँदैछ ।

भोलिपल्ट बिहान सोमबार उदाउँदै गरेको सूर्यको पूजा गरि अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुन्छ । छठ पर्व कात्तिक शुक्ल चतुर्थी तिथि (शुक्रबार) देखि शुरु भएको हो ।

सूर्यको पूजा तथा व्रत–उपासना गरेमा सन्तान तथा परिवारको सुख, समृद्धि र मनोकामना पूर्ण हुने विश्वास रहेको छ । यो पर्व निकै धैर्य, निष्ठा तथा शुद्धताका साथ मनाउनुपर्ने हुन्छ ।

शनिबार पञ्चमी तिथिको दिन खरना मनाइयो । दिनभर निर्जल व्रत बस्नेहरुले साँझपख खीर पकाएर देवीदेवतालाई चढाएपछि प्रसादका रुपमा खाने गर्दछन् र परिवारका अन्य सदस्यहरुलाई पनि बाँड्ने विधिलाईनै खरना भनिएको हो ।

यसपछि व्रतालु सप्तमी तिथिको बिहानसम्म अर्थात् सोमबार बिहानसम्म व्रत बस्नुपर्ने हुन्छ । आज षष्ठी तिथिको दिन भने नदि वा पोखरीको किनारमा पूजाका सामग्री राखेर अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइन्छ । यसको भोलिपल्ट सप्तमी तिथिमा उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि विधिवत् रुपमा छठ पर्व सम्पन्न हुन्छ ।

छठ पर्वमा सूर्यलाई चढाइने ठेकुवा, भुसुवा, केरा, उखु, नरिवल, मिठाइ, पान, सुपारीआदि विशेष प्रसाद हुन् । यी प्रसादलाई माटोका नयाँ भाँडा तथा बाँसको टोकरीमा राखेर चढाउने प्रचलन छ ।

छठ पर्व विशेष गरि तराईका बासिन्दाले मनाउने गरेको भएपनि हिजोआज भने पहाडका बासिन्दाले पनि निकै उत्साहका साथ मनाउन थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४