Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज भाइटीका लगाइँदै, बिहान १० : ५१ मा उत्तम साइत


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक २९ २०८०
  • 3.7K
    SHARES

काठमाडौं । आज यमपञ्चकको पाँचौँ दिन भाइटीका अर्थात तिहारको मुख्य दिन ।

कार्तिक शुक्ल भ्रातृद्वितीयाका दिन दिदीबहिनीले दाजुभाइको आरोग्य, ऐश्वर्य तथा दीर्घायुको कामना गर्दै दाजुभाइलाई टीका लगाइदिने चाड हो ।

भाइटीकाका लागि आज बिहान १० बजेर ५१ मिनेटमा उत्तम साइत रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यद्यपि टीका भने आज दिनभर टीका लगाउन सकिने जनाइएको छ ।

भाइटीकामा दाजुभाइको दीर्घायुको कामना गर्दै अष्टचिरञ्जीवी, यमराज र यमुनाको पूजा गरेर दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी वा पञ्चरंगी टीका लगाउने गरिन्छ ।

दाजुभाइको निधारमा टीका लगाइदिएपछि मखमली वा दुवोको माला लगाइदिएर तेल र जलको धाराले दाजुभाइलाई घेराभित्र पारिन्छ । यसपछि दाजुभाइलाई फलफूल, मसला, सेलरोटीलगायतका मीठामीठा परिकार खुवाउने तथा उपहार दिने गरिन्छ । दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएर दक्षिणा तथा उपहार दिने चलन छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४