Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तत्काल टिकटक बन्द नगर्ने इन्टरनेटलाई कारबाही हुन्छ : प्राधिकरण


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक २८ २०८०
  • 2.9K
    SHARES

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द नगराउने इन्टरनेट सेवा प्रदायक कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

प्राधिकरणले मंगलबार प्रेस विज्ञिप्त जारी गर्दै सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटक बन्द गर्न निर्देशन दिइसकेको भए पनि केही सेवा प्रदायकको नेटवर्कबाट टिकटकमा पहुँच पुगिरहेको र टिकटक प्रयोग भइरहेको भन्दै तत्काल प्राधिकरणको निर्देशन कार्यान्वयन गरी जानकारी गराउन सबै सेवा प्रदायकलाई आग्रह गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको भन्दै नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय गरेको थियो ।

त्यसपछि सरकारको निर्णय कार्यान्वयन गर्न दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरेर प्राधिकरणले सेवा प्रदायक कम्पनीलाई तत्काल टिकटक बन्द गर्न निर्देशन दिएको थियो । प्राधिकरणको निर्देशन र आदेशको पालना गर्नु सेवा प्रदायकको कर्तव्य हुने र सेवा प्रदायकले त्यस्तो निर्देशन आदेशको पालना नगर्दा दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम प्राधिकरणबाट कारबाही गरिने पनि प्राधिकरणले विज्ञप्तिमार्फत चेतावनी दिएको छ ।

के हुन्छ कारबाही ?

प्राधिकरणले तत्काल सेवा प्रदायकले टिकटक बन्द नगराए दूरसञ्चार ऐन, २०५३ को दफा ४७ अनुसार कारबाही गर्ने चेतावनी दिएको छ । तर, तत्काल टिकटक बन्द नगरे कस्तो कारबाही हुन्छ ? सबैमा चासो हुनसक्छ ।

दूरसञ्चार ऐन, २०५३ को दफा ४७ मा नेपाल दूरसञ्चार प्राधिकरणले दिएको आदेश वा निर्देशनको पालना नगरेमा प्राधिकरणले त्यस्तो व्यक्ति वा संस्थालाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४