Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसबाट भुकम्प प्रभावितको राहत र उद्धारका लागि सुझाव


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक २१ २०८०
  • 3.7K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भूकम्पपछिको राहत, पुनस्र्थापना र पुनर्निर्माणलाई व्यवस्थित गर्न २१ बूँदे सुझाव दिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा गोविन्द पोखरलले मंगलबार विहान प्रधानमन्त्री दाहाललाई भेटेर सुझाव दिएका हुन ।

कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा त्रिपाल, खाद्यान्न, औषधि, लत्ता–कपडा तत्काल उपलब्ध गराउन भनेको छ ।

अत्यावश्यक सामग्रीको अभाव हुन नदिन स्थानीय तहको नेतृत्वमा, सुरक्षा निकाय, निजी क्षेत्र, राजनैतिक दलहरु र संघ–संस्था सम्मिलित ‘सहजीकरण साझा संयन्त्र बनाउन पनि सुझाव दिइएको छ ।

यस्तै राहत, उद्धार र पुनस्र्थापनाका लागि एकद्वार प्रणाली अनुशरण गर्दा प्रदेश सरकार र स्थानीय सरकारलाई नै नेतृत्वदायी भूमिका दिन पनि भनिएको छ ।

आगामी हिउँद अघिनै पुनस्थापना सम्पन्न गर्न पनि सुझाव दिइएको छ । यस्तै प्रदेश सरकारको नेतृत्वमा स्थानीय सरकारले पुनर्निर्माण गर्ने कार्ययोजना पनि कांग्रेसको सुझाव छ ।

कांग्रेसले तत्कालीन र अल्पकालीन काम १२ बुँदामा र पुनर्निर्माण कामका लागि ९ बुँदामा सुझाव दिएको छ । उक्त अवसरमा कांग्रेसको टोलीले ५० लाख रुपैयाँको चेक पनि सरकारलाई हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४