Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेशका तत्कालिन सचिव वैकुण्ठ अधिकारीसहित चार जनाविरुद्ध मुद्दा दायर


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक २० २०८०
  • 2.8K
    SHARES

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन प्रदेश सचिव वैकुण्ठ अधिकारीसमेत चार जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उनीहरु विरुद्ध एक करोड ३१ लाख ६० हजार रुपैयाँ बराबरको बिगो र कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७५÷७६ मा सो मन्त्रालयले विभिन्न कृषि समूह र सहकारी मार्फत् किसानलाई कृषियन्त्र आपूर्ति गर्ने क्रममा प्रदेश सरकारलाई बदनियतपूर्वक नोक्सानी पु¥याइ भ्रष्टाचार गरेको आयोगको आरोप छ ।

सम्झौता विपरीत कम क्षमता र गुणस्तरको कृषि उपकरण वितरण गरेको पाइएको तथा सोही कार्यमा बदनियत देखिएकाले आयोगले अनुसन्धान गरेको थियो । उक्त काममा एक करोड ३१ लाख ६० हजार रुपैयाँ बराबरको भ्रष्टाचार भएको आयोगको ठहर छ ।

आयोगले तत्कालीन प्रदेश सचिव अधिकारी, कृषि व्यवस्था, कृषि सहकारी मन्त्रालयका महाशाखा प्रमुख श्रीधर ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपाली र कृषियन्त्र आपूर्तिकर्ता आधुनिक कृषि किसान संसारका प्रबन्ध निर्देशक राजाराम तिवारी विरुद्ध बिगो, जरिवाना र कैद सजया माग गर्दै मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४