Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अख्तियारमा दैनिक स्थानीय तहका भ्रष्टाचारका मुद्दा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज १९ २०८०
  • 1.7K
    SHARES

काठमाडौं । देश संघीय लोकतान्त्रिक प्रणालीमा गएपछि देशमा सुशासन कायम हुने र विकास निर्माणका गतिविधिले छलाङ मार्ने जुन अपेक्षा थियो त्यो आकाशे फलमा परिणत हुने खतरा बढेको छ । गाउँ गाउँमा सिंहदरबारको नारामा स्थानीय तहमा पुर्‍याइएको अधिकार र बजेटलाई स्थानीय तहका जनप्रतिनिधिले आफ्नै हात जगन्नाथ गर्दा भ्रष्टाचार सिंहदरबारबाट एकाएक गाउँ गाउँमा पुगेको छ ।

पछिल्ला दिनहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहका जनप्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्दा नलगाएको दिन पाउन मुश्किल हुन थालेको छ । आर्थिक वर्ष २०७९/८० मा मात्रै आयोगले विशेष अदालतमा दायर गरेका १ सय ६२ मुद्दामा ७७ वटा मुद्दा स्थानीय तहसँग सम्बन्धित छन ।

आयोगको यो तथ्याङ्कले भर्खर कार्यकालको दोस्रो वर्षमा हिड्दै गरेका स्थानीय तहका प्रतिनिधिहरूले अघिल्लो कार्यकालका जनप्रतिनिधिहरुको भ्रष्टाचारको गतिलाई जित्ने संकेत गर्दछ । पछिल्लो चार वर्षमा भ्रष्टाचारको आरोपमा स्थानीय तहका ४ सय ५२ जनप्रतिनिधिविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ । आर्थिक वर्ष २०७६/७७ मा ७०, २०७७/७८ मा २२, २०७८/७९ मा १सय ५१ र २०७९/८० मा २ सय ९ जना जनप्रतिनिधि भ्रष्टाचारमा मुछिएका थिए ।

अख्तियारले विशेष अदालतमा दायर गरेका मुद्दामा ठूलो संख्या जनप्रतिनिधिकै रहेको छ । आयोगको तथ्याङ्क अनुसार आयोगमा दर्ता भएका कुल उजुरी मध्ये ४६ प्रतिशतल स्थननीय तहसंग सम्बन्धित छन् । स्थानीय निकायमा योजना छनोट गर्दा आवश्यकता र प्राथमिकता भन्दा जनप्रतिनिधिका आफन्त र कार्यकर्तामुखी हुने गरेका छन् । पहिले कर्मचारीले जिम्मेवारी पूरा नगर्ने, काममा ढिलासुस्ती गर्ने, झूटा सूचना वा आश्वासन दिने तथा सेवाग्राहीलाई सास्ती दिएर भ्रष्टाचारको वातावरण बनाउँथे भने अहिले प्रवृतिमा परिवर्तन देखिएको आयोगका प्रवक्ता भोला दाहाल बताउनुहुन्छ ।

स्थानीय तहहरूमा अनावश्यक सामाग्री खरिद गर्ने, अनुमानित लागत बढाउने, काम सम्पन्न नहुँदै कार्यसम्पन्न प्रतिवेदन तयार पार्ने र जटील प्रकृतीका कामहरु गर्दा पनि उपभोक्ता समिति मार्फत गरेर भ्रष्टाचार गर्ने गरेको आयोगका प्रवक्ता दाहाल बताउनुहुन्छ ।

मुलुक सङ्घीयतामा गएपछि शिक्षा, स्वास्थ्य तथा विकास निर्माणसँग सम्बन्धित स्रोत परिचालनको जिम्मेवारी स्थानीय तहमा गएको छ । ती कामका लागि बजेट पनि स्थानीय तहमा नै जाने भएकोले पनि स्थानिय तहमा भ्रष्टाचारको ग्राफ बढेको आयोगको ठहर छ ।

आयोगको तथ्यले स्थानीय तहहरु भ्रष्टाचारको अखडा बन्दै गएको र जनप्रतिनिधिहरु आर्थिक हिसाबले अराजक बन्दै गएको देखाउँछ । अर्कोतर्फ स्थानीय तहहरुमा भ्रष्टाचारले ब्यापक रुप लिंदा माथिल्ला निकायहरुमा हुने भ्रष्टाचार छायाँमा पर्ने हो कि भन्ने आशंका पनि गरिँदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४