Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सार्वजनिक बिदामा नेपालको “विश्व रेकर्ड” !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज १७ २०८०
  • 7.1K
    SHARES

काठमाडौं । ‘राम्रो कुरामा नभए पनि नराम्रो कुरा (वार्षिक सार्वजनिक बिदा) मा चाहिँ नेपालले विश्वमा उच्च स्थान हासिल गरे छ । अनि हामी गरिब नभए को हुन्छ त ?’ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मंगलबार एक्स (पहिले ट्विटर) मा गरेको पोस्टको पहिलो अंश हो यो ।

विश्वव्यापी तथ्यांक राख्ने संस्था ‘वर्ल्ड स्टाटिस्टिक्स’ले सर्वाधिक सार्वजनिक बिदा दिने विश्वका ४८ देशको सूची सार्वजनिक गरेको छ । जसमा वर्षभरि ३५ दिन सार्वजनिक बिदासहित नेपाल पहिलो स्थानमा छ । एक्समा सार्वजनिक यही सूचीको लिंक सेयर गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । भट्टराईले अगाडि लेखेका छन् ”गम्भीर बनौं ! काम नगरी दिगो रूपले कोही धनी हुन सक्दैन भन्ने बुझौं ! सानासाना सुधार त जसले जतिबेला गरे पनि हुन्छ नि !

वर्ल्ड स्टाटिस्टिक्सको तथ्यांकअनुसार सार्वजनिक बिदा दिने देशहरूमा दोस्रो नम्बरमा म्यानमार ३२ दिन, तेस्रोमा इरान २६ दिन, चौथोमा श्रीलंका २५ दिन र पाँचौँमा बंगलादेश र इजिप्ट २२ र २२ दिन छन् । दक्षिण एसियाका अन्य देशमा भारत २१ दिन सार्वजनिक विदासहित आठौं स्थानमा रहँदा पाकिस्तान १६ दिनसहित १६ औं स्थानमा छ । विश्वको पहिलो र दोस्रो ठुलो अर्थतन्त्र भएका मुलुकहरू क्रमशः संयुक्त राज्य अमेरिका र चीनले वर्षभरि समान ११ दिन सार्वजनिक बिदा दिने गरेका छन् ।

यस्तै एसियाका धनी राष्ट्रहरू जापानले १६ दिन र दक्षिण कोरियाले १४ दिन सार्वजनिक बिदा दिने गरेका छन् । ४८ देशमध्ये वर्षभरि सबैभन्दा कम सार्वजनिक बिदा दिने देश मेक्सिको छ । उसले वर्षमा आठ दिनमात्रै सार्वजनिक बिदा दिन्छ । बेलायतले पनि वर्षमा आठ देखि १० दिनसम्म सार्वजनिक बिदा दिने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४