काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धि फिर्ता लिएको छ । शनिवार नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको थियो ।
आइतबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले मूल्य वृद्धि फिर्ता लिन आयल निगमलाई निर्देशन दिएको हो । शनिबार निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।
सरकारले मूल्य बृद्धि फिर्ता लिएसँगै इन्धनमा यसअघिको मूल्य कायम हुनेछ । त्यस्तै हवाइ इन्धनमा पनि प्रतिलिटर ८ रुपैयाँ बढाएको थियो । दशैं तिहारको मुखमा इनधनको भाय बढाएपछि सरकारको आलोचना भएको थियो ।