Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारले सत्ताको चरम दुरुपयोग गरेको एमाले अध्यक्ष ओलीको आरोप


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज १२ २०८०
  • 3.6K
    SHARES

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले सत्ताको चरम दुरुपयोग भइरहेको आरोप लगाउनु भएको छ ।

एमाले कोशी प्रदेशको पहिलो अधिवेशनको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले खुँडा हानेर मान्छेको हत्या गर्नेहरुलाई आममाफी दिने जस्ता चरम सत्ता दुरुपयोग भईरहेको बताउनुभएको हो । आफ्ना अपराधी छुटाउने र प्रतिपक्षलाई दमन गरेर जेल हाल्ने काम बर्तमान सरकारले गरिरहेको भन्दै ओलीले सत्ता गठबन्धनलाई ‘पिलो’ को उपमा दिनुभयो ।

दक्षिणपन्थी अतिवादीहरु र हिंसा भड्काउन खोज्नेहरु पनि सक्रिय रहेको भन्दै उहाँले त्यस्ता शक्तिलाई परास्त गर्न एमाले सचेत हुनुपर्छ भन्नुभयो । ओलीले अधिवेशनबाट सकेसम्म सर्वसम्मतिको नेतृत्व छान्न पनि निर्देशन दिनुभयो ।

कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले पहिचानको नाममा एमालेमाथि आक्रमण बढिरहेको भन्दै एमालेलाई पहिचान विरोधी बनाउने षडयन्त्र असफल बनाउन आग्रह गर्नुभयो । आज र भोलि चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४