Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कैद मिनाहा राष्ट्रपतिको दोष होइन : गगन–विश्व


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज ८ २०८०
  • 2.2K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संविधान दिवसका दिन राष्ट्रपतिबाट कैद माफी मिनाहामा भइरहेको आलोचनाप्रति पार्टी गम्भीर हुनुपर्ने बताएका छन् ।

३ असोजमा संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ज्यान मुद्दामा जेलमा रहेका नेपाली कांग्रेसका कार्यकर्ता रिगल भनिने योगराज ढकालले कैद माफी मिनाहा पाएका थिए । त्यस विषयमा राष्ट्रपतिको आलोचना भइरहेको छ ।

सोमबार पार्टीको केन्द्रीय समिति बैठकमा धारणा राख्दै महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले यसमा राष्ट्रपतिको नभई सरकारको र सरकारमा सहभागी भएको दलको हिसाबले नेपाली कांग्रेसको दोष रहेको बताएका हुन् ।

‘राष्ट्रपतिज्यूको त औपचारिकताको कुरा मात्र हो । त्यो निर्णयको भारी सिंगो नेपाली कांग्रेसले बोक्नुपर्छ । हामीलाई त केही पनि थाहा छैन, किन दिएको पनि थाहा छैन, किन गरेको पनि थाहा छैन’ महामन्त्री थापाले सभापति शेरबहादुर देउवातर्फ प्रश्न गरेका छन्  ।

उनले नेपाली कांग्रेसको कुनै कार्यकर्ताले व्यक्तिगत रुपमा गरेको अपराध र गलत कामको भारी व्यक्तिले नै भोग्नुपर्ने बताएका छन्  । महामन्त्री विश्वप्रकाश शर्माले पनि सरकारको निर्णयका कारण राष्ट्रपति संस्थाको आलोचना भएका विषयमा गम्भीर हुनुपर्ने बताएका हुन्  ।

‘बडो सिरियस्ली यसमा चिन्तन गरौं । गणतन्त्र हाम्रा थुप्रै कार्यहरुका कारण बलियो बन्छ । गणतन्त्र बलियो हुनु राष्ट्रपति संस्थाको गरिमा नै हो’ उनले भनेका छन्  ।

आममाफी दिंदा सरकारले गरेको सिफारिस सबै सही भन्न नमिल्ने महामन्त्री शर्माले बताएका छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४