Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आइतवार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज ७ २०८०
  • 4.2K
    SHARES

आजको पञ्चाङ्ग
वि.सं. २०८० असाेज ७ गते, आइतवार, ई.सं.२४ सेप्टेम्बर २०२३ । शक संवत् १९४५ । नेपाल संवत् ११४३ ञलाथ्व । पिङ्गल दक्षिणायन शरद ।  भाद्र शुक्लपक्ष दशमी तिथि। पूर्वाषाढा नक्षत्र, १०ः३५ बजेपछि उत्तराषाढा  । योग सौभाग्य १९:३१ बजेसम्म, त्यसपछी शोभन । करण वव ०७:३८ बजेसम्म, त्यसपछी वालव १८:४७ बजेसम्म, त्यसपछी कौलव ०५:५१ बजेसम्म, त्यसपछी तैतिल ।  चन्द्रराशि धनु, १६ः१६ बजेपछि मकर। आनन्दादि योग गद । दिनमान १२:५ । सूर्योदय ५:५३ । सूर्यास्त १७:५८ । अष्टमीव्रत/गोरखकालीपूजा, कायजस्नान (कागेश्वरमेला), अदुःखनवमीव्रत, ललिपुरमा दशमहाविद्यापूजा । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा ।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। पहिले प्रतिस्पर्धा गर्नेहरू स्वत: पछि हट्नेछन्। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। रोकिएको कामले पनि निकास पाउनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा प्रतिष्ठा दिलाउन सक्छ। साँझतिर ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्। वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्नेछन्।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
स्वास्थ्य कमजोर रहनाले काम पूरा गर्न समय लाग्नेछ। जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला। साँझदेखि स्थितिमा सुधार आउनेछ। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। पछि फाइदा हुने काम गर्न सकिनेछ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
सुरुमा रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। आतिथ्यपूर्ण सत्कार पाइने समय छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ। तर आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। साँझतिर स्वास्थ्य कमजोर रहनेछ। आफ्नै वचनबद्धता पालना गर्न नसकिएला। अरूकाे सहयाेगले काम बन्नेछ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ। द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ। आँट गर्दा ठूलै काम पनि सम्पादन हुनेछन्। साँझतिर नयाँ काम गर्ने अवसर जुट्नेछ। सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग रमाइलाे भेटघाट हुनेछ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनमा प्रगति हुनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। साँझतिर पुरानाे समस्याले अलमल्याउन सक्छ। परिस्थितिवश काम राेकिन सक्छ। वादविवादमा अघि नसर्नुहाेला। व्यवसायिक काममा केही खर्च लाग्न सक्छ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ। अरूलाई दिएको वचन पूरा गर्न नसकिएला। साँझदेखि स्थितिमा सुधार आउनेछ। बौद्धिक कलाको प्रभाव बढ्नेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। आम्दानीका स्रोत पनि बढ्नेछन्।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। साँझतिर भने केही सावधानी अपनाउनुपर्नेछ। आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। प्रक्रिया नमिल्नाले पनि काम दाेहाेर्याउनुपर्ला।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
अरूलाई दिएको वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला। बोलीको समेत गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। मिहिनेतले अध्ययनमा प्रगति हुनेछ। विभिन्न भाैतिक स्रोत-साधन प्राप्त हुनेछन्। साँझतिर भने सहयोगीहरू पछि हट्नाले चिताएको काममा बाधा पुग्नेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले केही काम दोहोर्याउनुपर्ला।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको अवसर जुट्नेछ। तर, स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला। पहिले दिएको वचन पूरा गर्न नसक्ता आलोचित बन्नुपर्ला। ईर्ष्या गर्नेहरूले पनि काममा बाधा पुर्याउन सक्छन्। अरूको विषयमा चासो राख्दा व्यर्थैमा दु:ख पाइनेछ। साँझतिर स्थितिमा सुधार आउनाले केही काम बन्नेछन्। कामको यश लिने अवसर प्राप्त हुनेछ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँगकाे सम्पर्कले यात्रा सम्भावना देखिन्छ। साँझतिर स्थितिमा सुधार आउनाले नयाँ काम गर्न सकिनेछ। व्यापारमा फाइदा हुनेछ। विभिन्न उपहार प्राप्त हुनेछन्। सहयोगीहरूकाे साथले रोकिएकाे काम बन्नेछ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
मन्दीकाे प्रभावले आम्दानीका स्रोत कमजाेर बन्नेछन्। बेसुरमा खर्च गर्ने बानीले समस्या निम्त्याउनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। आर्थिक समस्या सुल्झाउन पनि कर्जा लिनुपर्ला। सरसापटमा रकम बाहिरिनेछ। परिस्थितिजन्य समस्याले दु:ख पाइनेछ। साँझतिर यात्रा र किनमेलका लागि सञ्चित रकम खर्च हुनेछ। आफन्तबाट टाढिनुपर्ने हुन सक्छ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
कीर्तिमानी कामको यश लिँदै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। कर्मयोगले आम्दानी समेत बढाउनेछ। मेहनतले आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। उठ्नुपर्ने रकम साँझतिर हातलागी हुनेछ। पेसा–व्यवसायमा मनग्य लाभ हुनाले धन सञ्चय हुनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४