Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकार र शिक्षक महासंघबीच आज पुनः वार्ता हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज ५ २०८०
  • 3.8K
    SHARES

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षक महासंघबीच बिहीबार साँझ भएको वार्ता पनि निष्कर्षविहिन बने पछि शुक्रबार पनि पुनः वार्ता हुदैछ ।

शिक्षा विधेयकप्रति असहमति जनाउँदै आन्दोलनमा उत्रिएका शिक्षकहरुसंग सरकारले बिहीबार दुई पटक वार्ता गरे पनि कुनै सहमति बन्न सकेन ।

बिहीबार विहान उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग वार्ता भएको थियो भने साँझ पुनः गृहमन्त्री श्रेष्ठ, अर्थमन्त्री डा प्रकाशशरण महत, सञ्चारमन्त्री रेखा शर्मा, शिक्षामन्त्री अशोक राई र कानुनमन्त्री धनराज गुरुङसहितको टोलीले शिक्षक महासंघका प्रतिनिधिहरुसंग छलफल गरेका थिए ।

वार्तामा धेरै विषय उठान भएको तर ठोस सहमतिको खाका नबनेको बताइएको छ । मन्त्रीहरुले शिक्षकहरुले उठाएका कतिपय माग संविधानसँग सम्बन्धित भएकाले तत्काल निर्णय गर्ने अवस्था नरहेको बताएका थिए । वार्तामा बसेका आन्दोलनकारी शिक्षकका प्रतिनिधिहरुले पनि आफूहरुले वृहत् रुपमा छलफल नगरी एकलौटी जवाफ दिन नसक्ने बताएपछि वार्ता निष्कर्षविहिन बनेको थियो ।

शुक्रबार विहान साढे नौ बजेपछि पुनः वार्तामा बस्ने गरी बिहीबार को वार्ता टुंगिएको थियो । शिक्षकहरुले राहत कोटाका शिक्षक, साबिक उच्च माध्यमिक शिक्षा परिषद् अन्तर्गतका अस्थायी तथा करार शिक्षक, शिक्षण सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धारलगायतका विषयमा आपत्ति जनाएका छन् भने उनीहरु स्थानीय तहको मातहतमा पनि बस्न तयार छैनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४