Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शिक्षक आन्दोलनका कारण आजदेखि देशभरका सामुदायिक विद्यालयमा पठनपाठन ठप्प


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज ४ २०८०
  • 3.2K
    SHARES

काठमाडौं । प्रस्तावित शिक्षा विधेयकप्रति असहमति जनाउँदै शिक्षकहरु राजधानी केन्द्रीत आन्दोलनका लागि काठमाडौंमा भेला भएका छन् ।

देशभरका सामुदायिक विद्यालयहरुमा बिहीबारदेखि पठन पाठन ठप्प हुने भएको छ । नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरु काठमाडौं आएर बुधबारदेखि नै आन्दोलन सुरु गरिसकेका छन् । बुधबार दिनभर राजधानीमा प्रदर्शन गरेका शिक्षकहरुले बिहीबार पनि प्रदर्शन जारी राख्ने भएका छन् ।

शिक्षक महासंघले नै विद्यालय बन्द गरेर आन्दोलनमा लाग्न आह्वान गरेकाले पठन पाठन नहुने निश्चित छ । यता काठमाडौं महानगरपालिकाले भने विद्यालयमा पठनपाठन बन्द गरेको पाइएमा प्रचलित कानून बमोजिम शिक्षकहरूमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।

महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले बुधबार विज्ञप्ति जारी गर्दै शिक्षकका पेसागत–वृत्ति विकासका लागि माग राख्ने र पूरा गर्ने विधि एवम् प्रक्रियाको फरक माग हुँदाहुँदै विद्यालय बन्द गरिए कारबाही गर्ने चेतावनी दिइएको छ । विद्यालय बन्द गर्दा उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धित व्यक्ति नै हुने पनि महानगरको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले शिक्षा विधेयकप्रति आफूहरुको पनि असहमति रहेको तर, त्यसो भन्दैमा विद्यालय बन्द गर्न भने नपाइने बताउनु भएको छ । सामाजिक सञ्जालमा सन्देश लेख्दै मेयर शाहले पनि काठमाडौंमा विद्यालय बन्द गरिए कानून अनुसार कारबाही हुने स्पष्ट पार्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४