Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मोरक्कोमा भूकम्पमा परी मृत्यु हुने संख्या दुई हजार नाघ्यो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र २४ २०८०
  • 1.7K
    SHARES

काठमाडौँ । उत्तर अफ्रिकी मुलुक मोरोक्कोमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार नाघेको छ ।

मोरोक्कोको माराकेश शहरको दक्षिण पश्चिम क्षेत्रको उच्च पर्वतलाई केन्द्रबिन्दु बनाई गएको ६ दशमलव ८ म्याग्नेच्युडको भूकम्पले भौतिक संरचनामा ब्यापक क्षति पुर्‍याएकाले मृतक संख्या पनि अझै बढ्ने अनुमान गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अल हाउज प्रान्तमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । भूकम्पबाट हजारौं संरचनाहरु ध्वस्त भएका छन् । भग्नावशेषमा च्यापिएकाहरुको खोजी तथा उद्धार कार्य जारी छ । भुकम्पमा परी घाइते भएकाहरु मध्ये १४ सय जनाकोको अवस्था गम्भीर रहेको जनाइएको छ ।

भूकम्पबाट माराकेश शहरका अधिकांश घरहरु ढल्नुका साथै दुर्गम पहाडी क्षेत्रका गाउँहरु मैदानमा परिणत भएका छन् । मोरोक्कोका राजा मोहमद छैठौंले पीडितहरुको खोजी तथा उद्धार र सहायताका लागि अपील गर्नुभएको छ । मृतकहरुको शोकमा राष्ट्रिय झण्डा तीन दिन झुकाइने भएको छ ।

यसैबीच संयुक्त राष्ट्रसंघले उद्धार प्रयासमा सहयोग गर्ने घोषणा गरेको छ । साथै स्पेन, फ्रान्स, र इजरायल लगाएत अन्य देशहरुले पनि उद्धार टोली मोरोक्को पठाएका छन् । मोरोक्कोमा सन् १९६० मा ६ दशमलव ७ म्याग्नेच्युडको भुकम्प गएपछि पहिलो पटक यति ठूलो भूकम्प गएको हो । एजेन्सी 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४