Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सन्दीपविरुद्धको मुद्दामा सरकारी वकिलको बहस सुरु, आजै फैसला हुने सम्भावना कम


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र २१ २०८०
  • 2.1K
    SHARES

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आजदेखि सुनुवाइ सुरु भएको छ । जिल्ला अदालत काठमाडौँकी न्यायाधीश सकुन्तला कार्कीको इजलासमा अन्तिम सुनुवाइ सुरु भएको हो ।

जाहेरवाली किशोरीको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका वकिलहरूले बहस सुरु गरेका छन् । खाजा समय अगाडी एक जना वकिलले बहस गरेका छन् ।

जिल्ला सरकारी वकिलको तर्फबाट सुरुबहादुर विकले बहस गरिसकेका छन् । खाजा समयपछि अरू सरकारी वकिलले बहस गर्नेछन्। त्यसपछि जाहेरवालाकै तर्फबाट निजी वकिलले बहस गर्नेछन् ।

जाहेरवालाको तर्फबाट बहस सकिएपछि प्रतिवादी सन्दीप लामिछानेको तर्फबाट बहस हुनेछ । बहस गर्ने दुवै तर्फका धेरै कानुन व्यवसायी भएकाले बिहीबार नै फैसला हुने सम्भावना कम छ ।

यदि बिहीबार नै फैसला नभएमा यो मुद्दाको सुनुवाइ हेर्दा हेर्दैमा जाने सम्भावना छ ।

तर यसअघि आधा दिन बहस भएपनि न्यायाधीशले हेर्दाहेर्दैमा राखेका थिएनन् । जसका कारण मुद्दा फैसलामा ढिलाइ भइरहेको छ ।

सन्दीपविरूद्ध किशोरीले २०७९ भदौ २१ गते जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् ।

असोज २० गते नेपाल फर्किएका सन्दीपलाई विमानस्थलबाटै पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेको थियो ।

काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। जिल्ला अदालतको आदेशविरूद्ध सन्दीपले उच्चमा निवेदन दिएका थिए ।

पुस १८ गते उच्चले उनलाई २० लाख धरौटीमा सशर्त रिहा गर्न आदेश दिएसँगै उनलाई केन्द्रीय कारागारबाट रिहा गरिएको थियो ।

विदेश जान नपाउने, काठमाडौं उपत्यका छाड्न परे पनि प्रहरीलाई खबर गर्नुपर्ने जस्ता शर्त बदरको माग गर्दै सन्दीपले फागुन १२ गते शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। तर महान्यायाधिवक्ताको कार्यालयले सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राखेको थियो ।

ती निवेदनमा सुनुवाई गर्दै सर्वोच्चले फागुन १५ गते उच्च अदालत पाटनको आदेश केही उल्ट्याएर सन्दीपलाई विदेश जान अनुमति दिएको थियो ।

त्यसपछि सन्दीप क्रिकेट खेल्न विदेश पनि जाँदै आएका छन् । एसियाकप खेल्न पाकिस्तान र श्रीलङ्का पुगेका सन्दीप बुधवार मात्रै स्वदेश फर्किएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४