काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गरी सांघातिक आक्रमण गर्ने व्यक्ति पक्राउ परेका छन् ।
बुधबार दिउँसो भृकुटी मण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी हुनुभएका यादवमाथि खुकुरी प्रहार गर्ने नुवाकोटका श्यामबाबु सापकोटालाई नेपाल प्रहरीले पक्राउ गरेको हो ।
सापकोटा रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी भएका थिए ।
खुकुरी प्रहारबाट घाइते भएका नेपाली कांग्रेसका नेता तथा सहमहामन्त्री यादवलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।