Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्व उपप्रधानमन्त्री गच्छदार सहित २९० जना बिरुद्ध मुद्दा दायर


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र १० २०८०
  • 2.1K
    SHARES

काठमाडौं । सरकारी वकिलको कार्यालय, काठमाडौंले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिनामा प्रकरणमा संलग्न २ सय ९० जनाबिरुद्ध मुद्धा लायर गरेको छ ।

सरकारी वकिलको कार्यालयले आइतबार उनीहरुबिरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दम दायर गरेको हो । सरकारी वकिलको कार्यालयले पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार सहित चारजना पूर्वमन्त्री, ६ पूर्वसचिव, भाटभटेनी सुपरकार्मेटमा संचालक मीनबहादुर गुरुङ, बहालवाला सचिव कृष्णबहादुर राउत र सहसचिव सुशील वैद्य समेत गरी २९० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले गत हप्ता ललिता निवास जग्गा हिनामिनाबारे अनुसन्धान गरेर सरकारी वकिलललाई संगठित अपराधमा मुद्दा चलाउन राय सहितको प्रतिवेदन बुझाएको थियो । तर संगठित अपराधमा प्रमाण नपुग्ने भन्दै सरकारी वकिल कार्यालयले किर्तेमा मात्र मुद्दा चलाउने निर्णय गरेको छ ।

संगठित अपराध सम्बधी कानुन जारी हुनुभन्दा पहिले ललितानिवास जग्गा अनियमितता भएको निष्कर्षसहित सरकारी वकिलको कार्यालयले किर्तेको अभियोगमा मात्रै कारबाही गर्ने माग दाबी लिएको हो । संगठित अपराध सम्बन्धि कानुन २०७० सालमा जारी भएको थियो । तर ललिता निवास जग्गा हिनामिना त्यस अघि नै भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४