Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कीर्तिपुरमा चितुवाले आक्रमण गर्दा एकजना घाइते, कुखुराको खोरभित्र थुनिएको चितुवाको उद्धार गरिंदै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र ७ २०८०
  • 5K
    SHARES

काठमाडौं । कीर्तिपुरको थापागाउँमा चितुवाले आक्रमण गर्दा एक जना घाइते भएका छन् । घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।

कुखुरापालन गरेको ठाउँमा राति कुर्न बसेका एक व्यक्तिलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको र उनको अवस्था सामान्य रहेको कीर्तिपुर नगरपालिका वडानम्बर ४ का कार्यवाहक वडा अध्यक्ष दिनेशचन्द्र दाहालले जानकारी दिएका छन्  ।

चितुवा कुखुरापालन गर्ने खोरभित्र थुनिएको छ । उक्त चितुवाको उद्धार गर्न डिभिजन वन कार्यालयको प्राविधिक टोली त्यसतर्फ जाँदै छ । वन अधिकृत अशोक पराजुलीले डार्टसहितको टोली कीर्तिपुर मूभ भइसकेको जानकारी दिएका छन्  ।

चितुवा भेटिएको स्थान थानकोट र कीर्तिपुरको सिमानामा पर्दछ । थानकोट प्रहरीको टोली रातिदेखि नै सो स्थानमा छ भने कीर्तिपुरको टोली भने आज बिहान मात्रै त्यसतर्फ गएको छ । थानकोट प्रहरीका अनुसार गएराति एक बजेतिर खोरभित्र सुतिरहेका व्यक्तिलाई चितुवाले आक्रमण गरेको थियो । त्यसपछि ती व्यक्तिले प्रतिरक्षा गर्ने क्रममा चितुवा पनि घाइते भएको प्रहरी वृत्त थानकोटले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४