Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज ६ प्रदेशमा भारी वर्षा शनिबारदेखि मौसममा क्रमिक सुधार हुने”तीन दिनको पूर्वानुमान”


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र ७ २०८०
  • 4.4K
    SHARES

काठमाडौँ । मनसुन सक्रिय हुँदा हिजोदेखि नै देशभर वर्षा भइरहेको छ । आज र भोलि पनि अहिलेको जस्तो अवस्था रहीरहने पूर्वानुमान छ । वरिष्ठ मौसमविद वरुण पौडेल शनिबारदेखि मात्र मौसममा क्रमिक सुधार हुने बताउँछन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तर तिर सरेर नेपाल नजिक अवस्थित छ । साथै भारतको उत्तर प्रदेशको उत्तर पश्चिम क्षेत्रमा अवस्थित न्यून चापीय क्षेत्रको समेत नेपालमा प्रभाव परेको छ । त्यसैले देशभर नै बदली भई हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तर पश्चिम क्षेत्रमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति पनि सबै प्रदेशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

‘अहिले मनसुन सक्रिय छ । आज र भोलि पनि अवस्था यस्तै नै रहन्छ,’ वरिष्ठ मौसमविद पौडेलले भने, ‘शनिबारदेखि केही सुधार हुन्छ ।’ उनका अनुसार गण्डकी, बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ ।

काठमाडौं उपत्यकाको हकमा दिउँसो केहीबेर वर्षा रोकिए पनि बादल नहट्ने र अपराह्न फेरि पानी पर्ने सम्भावना छ । राति वर्षाको मात्रा अझै बढ्ने सम्भावना रहेको वरिष्ठ मौसमविद पौडेलले बताए ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनमा लेखिएअनुसार आगामी २४ घण्टा सुदूरपश्चिम प्रदेश लगायत कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

यी क्षेत्रहरूबाट बहने नदीको जलसतह बढ्ने, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुनसक्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । मौसमविद पौडेलले भने, ‘मनसुन सक्रिय भएकाले असुविधा र जोखिम हुने भएकाले सकेसम्म यात्रा नगर्दा राम्रो हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४