Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपसभामुख दनुवार काठमाडौँ लागिन नेकपा एमाले र राप्रपाका ८ सांसद बिदामा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र ४ २०८०
  • 3.9K
    SHARES

काठमाडौँ । प्रदेशसभा बैठक छलेर उपसभामुख सिर्जना दनुवार काठमाडौँ आएकी छन् । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनका लागि बोलाएको बैठक छलेर उपसभामुख दनुवार काठमाडौँ आएकी हुन् ।

उनी बिहान यति एयरलाइन्सको फ्लाइटबाट काठमाडौँ उडेकी हुन् । उनले प्रदेशसभा सचिवालयलाई आफू आज बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएकी छिन् । मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा सचिवालयमा आइतबारका लागि समय माग गरेका थिए तर, थापाको माग विपरीत उपसभामुख दनुवारले भने आजका लागि समय तय गरेकी थिइन् ।

बैठकको समय तय गरेकी उपसभामुख दनुवारले आजै कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत बोलाएकी थिइन् । त्यहाँका तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएका कारण उपसभामुखले प्रदेशसभाको बैठक सञ्चालन गर्नुपर्ने थियो । उनै उपसभामुख अनुपस्थित हुने भएपछि गठबन्धनमा अन्योल र संकट पर्ने देखिएको छ ।

साउन १६ गते सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका थिए । त्यसपछि गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपा”का ४७ प्रदेशसभा सदस्यको समर्थनमा थापा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

कोशी प्रदेशसभामा नेकपा एमालेका ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका ६ सांसद छन् । सदनमा एमाले र राप्रपा साथै छन् । सभाध्यक्षमण्डलमा नेकपा एमालेकी मालती लिम्बू, राप्रपाका अमरबहादुर विष्ट,नेकपा माओवादीकी गीता तिम्सिना र नेपाली कांग्रेसका इसराइल मन्सुरी छन् । यसैबीच, आजको बैठकमा नेकपा एमाले र राप्रपाका आठ जना ज्येष्ठ सदस्यहरू बिदामा बसेका छन् ।

अब सत्ता पक्षकै सांसदले सभाको अध्यक्षता गर्नुपर्ने हुनसक्छ । त्यस्तो अवस्थामा प्रदेश सरकारले विश्वासको मत पाउँदैन । सरकारले विश्वासको मत नपाए ठूलो दलको हैसियतमा नेकपा एमालेले सरकार बनाउने मौका अवसर पाउने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४