Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उच्चस्तरीय आयोग नबनाएर सरकारले एक क्विन्टल सुन ६० किलोमा झर्‍यो : अध्यक्ष ओली


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन ३२ २०८०
  • 3.2K
    SHARES

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्योगीहरु बैंकका आसामी मात्रै नभएकाले बैंकहरु साहुजीजस्तो नभइ उद्योगीको सहयोगी हुनुपर्ने बताउनुभएको छ ।

नेकपा एमाले उद्योग वाणिज्य तथा आपूर्ति विभागले बुधबार आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था समस्या र समाधान बिषयक कार्यक्रम’मा अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले नेपालका बैंकहरुले आफूलाई सुधार गर्नुपर्ने अवस्था देखिएको बताउनुभयो ।

अध्यक्ष ओलीले बैंक र उद्योगीहरुबीच साहु र ऋणीजस्तो सम्बन्ध हुन नहुने बताउनुभयो । उहाँले उद्योग समस्यामा परेको खण्डमा बैंकले थप ऋण दिएर माथि उठाउन सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले पुष्पकमल दाहाल नेतृत्वको सरकार उद्योगी व्यवसायीहरुको लागि असहयोगी भएको दाबी उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले उद्योग बन्द हुँदा व्यवसायीहरु अफ्ठ्यारोमा पर्दा सरकारले ध्यान नदिएको बताउनुभयो । उहाँले अहिलेको समयमा उद्योगी व्यवसायी समस्यामा परेकाले ऋण तिर्ने समय बढाएर सरकारले सहजीकरण गर्नुपर्ने बताउनुभयो । उहाँले उद्योगी व्यवसायी नभएर बैंकको व्यवसाय चल्ने अवस्था नभएको भन्दै उद्योगी व्यवसायीहरुले बैंकको कारोबार चलाइदिएको बताउनुभयो ।

अध्यक्ष ओलीले सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन गर्ने आयोग बनाउन नदिएर सरकारले गरेको काम भनेको सय किलोबाट ६१ किलोमा झार्नु रहेको बताउनुभयो । उहाँले आयोग बन्न नदिएर सरकारले सुन तस्करी प्रकरणमा अहिलेसम्म गरेको सफलता भनेको सयबाट ६१ मा झार्नु रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले उच्चस्तरीय निष्पक्ष आयोग बन्न नदिँदा पक्राउ परेको सुन घट्दै गइरहेको बताउनुभयो । सरकारले अरु अनेक आइटममा समेत चोरी पैठारी भइरहेको बताउनुभयो । उहाँले सुन कुबाटोबाट भनै धेरै बगिरहेको बताउनुभयो ।

अध्यक्ष ओलीले ३३ किलो सुन आउँदासमेत त्यसको लगानी कर्ताको खोजि हुन नसकेको बताउनुभयो । उहाँले निष्पक्ष आयोग नबनाएर सरकारले सुन तस्कर गरिरहेको बताउनुभयो । उहाँले आफूसँग प्रधानमन्त्री पुष्पकमल दाहालले अनुसन्धानका लागि ६० दिन मागेको र आफूले ६० दिनसम्म सबै मिलाइसक्नुहुन्छ ? भन्ने प्रश्न गरेको बताउनुभयो । उहाँले प्रधानमन्त्रीले सुन तस्करी लुकाउनका लागि ६० दिनको समय माग गरेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४