काठमाडौं । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी “सीडीयो “हरूको सरुवा गरेको छ ।
गृह मन्त्रालयले मंगलबार गरेको निर्णयअनुसार चितवन, नुवाकोट, सप्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।
सप्तरीका सीडीयो भुपेन्द्र थापालाई चितवन सरुवा, चितवनका सीडीओ सुरेन्द्र पौड्याललाई नुवाकोट, नुवाकोटका सीडीयो किरण थापालाई सप्तरीको सीडीयो बनाएको छ ।
त्यस्तै, धनुषाका सीडीयो काशीराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा गरी कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणि पाण्डेलाई धनुषाको सीडीयो बनाइएको छ ।